जनकपुरधाम । धनुषा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका एक जना वडा सदस्यलाई पक्राउ गरेको छ ।

शहीदनगर नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई प्रहरीले पक्राउ गरेको हो ।कार्यपालिका सदस्य छनौट गर्नका लागि सोमबार मतदान गर्न आएको बेला बिराजीलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार बिराजीलाई पक्रेर अन्य अनुसन्धान भइरहेको छ । बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !