काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रधानसेनापति प्रमुराम शर्मासँग भेट गरेका छन्।
महानगरपालिकामा पदभार ग्रहणलगत्तै मेयर शाहले सैनिक मुख्यालय जंगी अड्डा पुगेर प्रधानसेनापति शर्मालाई भेटेका हुन्।
प्रधानसेनापति शर्मा र मेयर शाहबीच सद्भावना भेटघाट भएको जनसम्पर्क निर्देशनालयले जनाएको छ।
भेटमा नवनिर्वाचित मेयर शाहलाई प्रधानसेनापति शर्माले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
भेटले नेपाली सेना र काठमाडौं महानगरपालिकाबीच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध तथा सद्भाव थप प्रगाढ हुने जंगी अड्डाले विश्वास लिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !