काठमाडौं । चर्चित पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या भएको छ। अज्ञात समूहले गोली हानी उनको हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आइतबार साँझ पञ्जाबको के मानसा जिल्लाको जवाहरे गाउँमा मुसेवालामाथि गोली प्रहार भएको थियो। बीबीसी हिन्दीका अनुसर अस्पताल ल्याउनु अघि नै उनको मृत्यु भएको थियो। मुसेवालासहित तीन जनामाथि गोली प्रहार भएको थियो।
गायक मुसेवालाको शरीरमा पाँचवटा गोलीको निशान भेटिएको बताइएको छ। बीबीसी हिन्दीका अनुसार उनको टाउको र कम्मरमुनिको भागमा गोली लागेको छ। उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको र हत्यारा समूहको खोजी गरिरहेको पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले ट्विटरमार्फत् बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !