काठमाण्डाै । हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।




स्थानीय यार्सागुम्बा सङ्कलक किसानले मुस्ताङको थासाङ गाउँपालिका-२ सानोस्वोरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेको जानकारी दिएका हुन् । उनीहरुले दुर्घटनाग्रस्त जहाजको तस्बिरसहितको जानकारी पठाएपछि उद्धार टोली त्यहाँ पठाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।


सेना र प्रहरीसहितको उद्धार टोली घटनास्थल पुगिसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले जानकारी दिनुभएको छ । हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो ।
हराइरहेको जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना रहेका तारा एअरलाइन्सले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !