Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट : महत्वाकांक्षी तर कार्यान्वयन चुनौतीपूर्ण

१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट : महत्वाकांक्षी तर कार्यान्वयन चुनौतीपूर्ण

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा बजेट सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय योजना आयोगले दिएको १७ खर्ब ४५ अर्बको सिलिङभन्दा बढी हुनेगरी ल्याइएको सो बजेट वितरणमुखी र पपुलिस्ट देखिएको छ ।

स्रोतको सुनिश्चितता बिना नै ल्याइएको भन्दै अर्थविद्हरूले बजेटको आलोचना गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, उत्पादन, पूर्वाधार र निर्यातमैत्री बजेट महत्वाकांक्षी र कार्यान्वयनमा चुनौतिपूर्ण हुने देखिएको छ ।

सामाजिक सुरक्षाका नाममा बजेटको आकार बढाएकाले र पूर्वाधारमा बढी लगानी गरी वैदेशिक ऋण लिएका कारणले श्रीलंका आर्थिक संकटमा परेको दृष्टान्त हुँदा हुँदै पनि नेपाल सरकारले पनि २ खर्ब ४२ अर्ब २६ करोड वैदेशिक ऋण र आन्तरिक ऋण २ खर्ब ५६ अर्ब लिने योजनासहित बजेट ल्याएको छ ।

अर्थमन्त्री शर्माका अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि कुल बजेटको ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड चालू खर्चका लागि विनियोजन गरेको छ । पुँजीगततर्फ भने बजेटको २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड हुने अनुमान गरिएको छ ।

वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ अर्थात् १२.८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ उठाउने महत्वाकांक्षी लक्ष्य सरकारको छ । सरकारले चालू आर्थिक वर्षको साढे १० महिनामा जम्मा ८ खर्ब ९७ अर्ब ४८ करोड मात्र राजस्व उठाउन सकेको अवस्थामा आगामी आवमा १२ खर्ब ४० अर्ब उठाउने महत्वाकांक्षी लक्ष्य राखेको हो ।

चालू आवमा नै मुस्किलले १० खर्ब पनि उठाउन नसक्ने सरकारको नै आंकलन रहेको छ । आगामी आर्थिक वर्षका लागि वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड रुपैयाँ बेहोर्दा ४ खर्ब ९८ अर्ब २६ करोड न्यून हुने देखिएको छ । सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाखमध्ये संघीय सरकारलाई १३ खर्ब ६४ अर्ब ५१ लाख विनियोजन गरेको छ । प्रदेशलाई भने १ खर्ब २९ अर्ब ४६ करोड विनियोजन गरिएको छ । स्थानीय तहका लागि भने ३ खर्ब ३७ लाख विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले सवैभन्दा बढी बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई छुट्याएको छ । सो मन्त्रालयका लागि कुल बजेटको १०.९५ प्रतिशत अर्थात् १ खर्ब ९६ अर्ब ३९ करोड छुट्याइएको छ । बजेट पाउने दोस्रो मन्त्रालयमा गृह मन्त्रालय रहेको छ । गृहका लागि १ खर्ब ८५ अर्ब ९४ करोड रहेको छ । 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh