धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गणतन्त्रको संस्थागत विकासका लागि सबै रुपान्तरण हुन जरुरी रहेको बताएका छ्न ।आइतबार सुदूरपश्चिम प्रदेश सरकारले १५ औं गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको मुल समारोह कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

आफू र समाज बदल्ने कुरा नै गणतन्त्र दिवसको मुख्य उद्देश्य बन्न जान्छ उनले भने संसारकै उत्कृष्ट व्यवस्था मानिने गणतन्त्रको संस्थागत विकास गर्न,संरचनागत रुपमा तिव्र गतिमा नयाँपन दिन,जनताले चाहेका साना साना कुरामा परिवर्तन ल्याउन सकेनौं भने गणतन्त्रलाई संस्थागत विकास गर्न सक्ने अवस्था नहुन सक्छ ।
नेता, कर्मचारी,नागरिक उहि भएको तर व्यवस्था र संविधान नयाँ भएको बताउँदै मुख्यमन्त्री भट्टले सोच,व्यवहार,चिन्तन र काम गर्ने शैली नयाँ हुन जरुरी भएको बताए ।
मान्छे परिवर्तन हुन जरुरी छ, आफूलाई परिवर्तन गर्न सकेनौं भने यो परिवर्तनलाई आत्मसाथ गर्न सकेनौं भने हामीले जनताको चाहना अनुसार काम गर्न सक्दैनौं उनले भने ।
विगतको संघर्षलाई सम्झिदै जनताको चाहनाको आत्मसाथ गर्दै,अगाडि आएका चुनौतीहरुलाई पन्छाउदै समृद्ध नेपाल बनाउने कुरा नै हाम्रो दायित्व बन्न जान्छ मुख्यमन्त्री भट्टले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !