काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यही असारमा अमेरिको उच्चस्तरिय भ्रमण गर्ने भएका छन् । सो अनुसार प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको तयारी थालेको स्रोतले जनाएको छ ।स्रोतका अनुसार प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण असारको अन्त्यतिर हुनेछ ।

विषेशत नेपाल–अमेरिका सम्बन्धको ७५ वर्षको अवसरमा दुवै पक्षको सहमतिअनुसार देउवाको भ्रमण हुन लागेको हो ।प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप प्रधानसेनापति प्रभुराम शर्मा असारको पहिलो सातामै अमेरिका जानेछन् ।देउवा नेतृत्वको सरकारले आगामी प्रदेश र संघको निर्वाचन पनि चाँडै गर्नुपर्ने भएकाले प्रधानमन्त्रीको भ्रमण छिटै हुन लागेको वालुवाटार स्रोतले जनाएको छ ।
नेपाल र अमेरिकाबीचको कुटनीतिक इतिहाँसमा राजा महेन्द्र शाहले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा), राजा वीरेन्द्र शाहले एक पटक (सन् १९८३ मा) राजकीय भ्रमण गरेका थिए ।त्यस्तै नेपालबाट राष्ट्र प्रमुख वा सरकार प्रमुखका रूपमा देउवाले नै २०५९ देउवाले अमेरिकाको औपचारिक भ्रमण गरेका हुन् ।
यसबीचमा अमेरिकी पूर्वराष्ट्रपतिहरुले पनि छिटफुट रुपमा नेपालको भ्रमण गरेका थिए ।नेपालको सरकार प्रमुखको यो भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने कुटनीतिज्ञहरुको दावी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !