Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद् : अध्यक्ष नेपाल


निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद् : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद् भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद् भएको बताएका हुन् ।

उनले लामो समयको अध्ययनपश्चात निजगढमा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्षका साथ काम भएको भन्दै त्यसरी रोकिनु गलत भएको बताए । विमानस्थल निर्माणमा अर्बौं रुपैया खर्च भइसकेको र जग्गा समेत अधिग्रहण भइसकेको अवस्थामा काम रोकिनु दुःखद् भएको उनको भनाइ छ ।

उनले भने, ‘मैले सुने निजगढमा विमानस्थल बनाउने कुरालाई रोक लगाउनु भनेर निर्णय भएछ । यो कस्तो देश भएछ हाम्रो ? यो विमानस्थलको बारेमा हामीलाई सबै थाहा छ । धेरै लामो समयसम्म छलफल गरेपछि १९९५ देखि यो प्रक्रिया अगाडि बढेर, १० वटा स्थानको गहिरो अध्ययन गरेर सबैभन्दा उपयुक्त स्थान भनेको यही निजगढ हो भन्ने कुरालाई ल्याएर त्यहाँ जम्मा ८ हजार हेक्टर जमिनमा विमानस्थलको निम्ति आवश्यक पर्ने र वनको पनि विनाश नगरेर, त्यसलाई व्यवस्थापन गरेर विमानस्थल बनाउने कुरा भइसकेपछि अहिले फेरी रोकिएको कुरा सुनिन्छ ।’

उनले थपे, ‘यो मास्टरप्लान तयार भइसकेको स्थितिमा । झन्डै ३ अर्ब रुपैयाँ नागरिक उड्ययन प्राधिकरणले खर्च गरिसकेको अवस्थामा, जग्गाहरु अधिग्रहण गरिसकेको अवस्थामा, अझै त्यसैको लागि नै २ खर्ब रुपैयाँको फास्टट्रयाक त्यति खर्च भइसकेको स्थितिमा, फास्टट्रयाक त्यही कामको निम्ति बनाउने अवस्थामा अहिलेको निम्ति जम्मा १९ सय हेक्टरभित्र ४ हजार मिटरको रनवे बनाएर त्यसलाई काम अगाडी बढाउन सकिने अवस्थामा रोकिएको कुरा सुन्नमा आयो ।’

उनले फेरि भने, ‘बडो दुःख लाग्यो मलाई । विकासका अभियन्ता सबै हुनुपर्ने हो । सबैको साझा देश हो । देशको विकासमा लाग्नुपर्ने हो । तर त्यस्तो नगरेर रोक्न खोजेको कुरा बडो दुःखको कुरा म ठान्दछु । त्यो विमानस्थलको विकल्प के ? रिजनल हबको रुपमा विकास गर्न सकिने त्यो विमानस्थल । त्यो ठाउँ उपयुक्त छ भनेर धेरै गहिरो, व्यापक अध्ययन पछि बल्ल बल्ल त्यो निर्धारण गरिएको हो ।’

त्यस्तै अध्यक्ष नेपालले विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामा पुनर्विचार हुनुपर्ने बताए । सरकार र राजनीतिक दलहरुले पनि यस विषयलाई गम्भिरताका साथ लिनुपर्ने उनले बताए । निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त भएको उनले उल्लेख गरे । त्यहाँ विमानस्थल बनाउँदै गर्दा वनविनाश नभएको र वन्यजन्तुको आगमनलाई समेत असर नपरेको उनले बताए ।

उने भने, ‘मैले पटक–पटक निजगढ विमानस्थलको भ्रमण गर्ने, निरीक्षण गर्ने मौका पनि पाएको हो । त्यहाँ सुरुमा जाँदाखेरी अलिकति वरिपरी जग्गा थियो त्यहाँ । अहिले पछिल्लो पटक जाँदाखेरी मान्छेले सबै जंगल सखाप पारिसकेका छन् । जंगल छदै छैन त्यहाँ । जंगल नै नभएको ठाउँमा विमानस्थल नबनाउनु भनेर यो रोक्ने कुराको पछाडीको कारण के हो ? कतै अरु अरु चिजबाट हामी प्रभावित त भएका छैनौँ ? यस बारेमा गहन चिन्तन होस् ।’

उनले फेरि थपे, ‘त्यो निर्णयको बारेमा पनि सम्बन्धित निकायले आफैले पनि त्यस बारेमा विचार गरोस् । र नेपाल सरकारले यसलाई गम्भिरताका साथ, राजनीतिक दलहरुले गम्भिरताका साथ यसबारेमा कसरी अगाडि बढ्न सकिन्छ, त्यसमा जानुपर्ने आवश्यकता छ । निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त छ । त्यहाँ वन विनाशलाई असर पारेको छैन । वन्यजन्तुको आगमनलाई पनि असर पारेको छैन । त्यसबारेमा म नेपाल सरकारको ध्यान आकर्षित गर्न चाहान्छु ।’

अध्यक्ष नेपालले निर्वाचन प्रणाली महंगो भएकाले यस्तो प्रणाली माथि बिचार गर्नुपर्ने बेला आएको बताए । उनले भ्रष्टाचारको जालोलाई समाप्त पार्नका लागि स्वच्छ राजनीति गर्नुपर्ने बताए । उनले समानुपातिक निर्वाचन प्रणालीमा गएपनि निर्वाचनमा हुने खर्च नरोकिने बताए । यसका निम्ति सत्तामा रहेका व्यक्तिहरुको धारणा स्पष्ट हुनुपर्ने बताए ।

उनले भने, ‘भ्रष्टाचारको जालोलाई तोड्ने काम गरौँ । भ्रष्टाचार व्याप्त छ । जुनसुकै कुरामा पनि भ्रष्टाचार, बिना पैसाको कुनै काम हुँदैन । यसलाई समाप्त पार्न सबैभन्दा पहिले हामी स्वच्छ राजनीति गरौँ । निर्वाचनको प्रणालीको बारेमा चर्चा गर्दा खेरी अहिले निर्वाचन अत्यन्त महंगो भएको छ । निर्वाचनमा पैसाको विक्रि, वितरण हुने स्थिति । भोजभतेरको स्थिति । के राज्यले रोक्न सक्दैन ? निर्वाचन आयोगले नियन्त्रण गर्न सक्दैन ?’

उनले फेरि प्रश्न गदैृ भने, ‘निर्वाचन आयोगले नियन्त्रण गर्न सक्दैन, राज्यले नियन्त्रण गर्न सक्दैन भने नियन्त्रण गर्ने कसले ? निर्वाचन प्रणाली, निर्वाचन गर्ने तरिकाको बारेमा पनि गम्भीरताका साथ विचार गरौँ । कसै कसैले समानुपातिक निर्वाचन प्रणालीमा गए यो समस्या समाधान हुन्छ भन्छन् म त्यो ठान्दिनँ । समानुपातिक निर्वाचन प्रणालीमा गयो भनेपनि कुरो उही हुन्छ । प्रत्येक गाउँको ठेकदारले गाउँको भोटको लागि पैसा माग्न थाल्छ ।’

उनले भने, ‘अहिले व्यक्तिसँग माग्थ्यो भोलि पार्टीसँग माग्न थाल्छ । त्यो समाधान होइन । समाधान भनेको पैसाको जथाभावि दूरुपयोग भएको छ । सबैलाई समाप्त पार्नका लागि पहिले सत्ताको मुल ठाउँमा बसेका व्यक्तिहरु र त्यो अंगमा रहेका व्यक्तिहरु त्यही अनुसारको धारणामा क्लियर भएर आफ्नो जिम्मेवारीलाई राम्रो ढंगले पूरा गर्ने कुरामा यदि लाग्ने हो भने नसकिने कुरा हुँदैन ।’

उनले सरकारले विकास निर्माणको काम गर्दा परियोजनाको प्राथमिकिकरण गर्नुपर्नेमा जोड दिए । योजनालाई प्राथमिकीकरण गर्दै समग्र नेपालको विकास खाका बनाउनुपर्ने उनको भनाइ छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh