काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा निर्माणधिन तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल रोक लगाउने सर्वोच्च अदालतको निर्णय कसैबाट प्रभावित भएर आएको बताउनु भएको छ पूर्व प्रधानमन्त्री नेपालले सरकारको नीति तथा कार्यक्रममा शुक्रबार प्रतिनिधिसभामा भएको छलफलमा बोल्दै सर्वोच्चको आदेशप्रति शंका व्यक्त गर्नुभएको हो ।

अध्यक्ष नेपालले सन् १९९५ देखि सुरु भएर अघि बढेको निजगढ विमानस्थल परियोजनामा ३ अर्ब खर्च भइसकेको स्मरण गराउँदै जंगल नभएको ठाउँमा पूर्वाधार बनाउन खोज्दा त्यसलाई रोक्न दुखद् भएको बताउनु भयो । ‘कस्तो रहेछ हाम्रो देश ? सन् १९९५ देखि अध्ययन गरेर थालेको परियोजना रोक्ने कोशिस हुन्छ। निजगढमा विमानस्थल रोकिनु दुखद् कुरा हो’ उहाँले भन्नुभयो, -झण्डै ३ अर्ब रुपैयाँ खर्च गरिसकेको अवस्थामा, जग्गा अधिग्रहण भइसकेको अवस्थामा यस्तो निर्णय कसरी आयो ? २ खर्ब लगानी गरेर फास्ट ट्रयाक बनिसकेको अवस्था छ। तर यस्तो निर्णय आउँछ।’
अध्यक्ष नेपालले जंगल नै नभएको ठाउँमा विमानस्थल बनाउन खोज्दा रोक्ने सर्वोच्च अदातलको निर्णय कसैबाट प्रभावित भएर आएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो । पूर्व प्रधानमन्त्री नेपालले संसदलाई आरोप र प्रत्यारोपको थलो बनाउन नहुने धारणा समेत व्यक्त गर्नुभयो । ‘यो आरोप र प्रत्यारोपले कहीँ पुयाउँदै ।
यो संसद आरोप र प्रत्यारोप गर्ने थलो होइन । आरोप प्रत्यारोपको थलोको रुपमा लग्नु हुँदैन । विचार मन्थन गर्ने थलो हो,’ छलफलमा उहाँले भन्नुभयो, ‘देश,जनता र समाजको समस्याका बारेमा गम्भीर विचार समर्थन गर्ने थलो हो । आ आफ्ना कमीकमजोरी के के भए आत्म समीक्षा पनि गर्नुपर्छ । अरुलाई दोषारोपण गरेर पानी माथिको उभानो बन्ने प्रयास नगरौं ।’
