काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल रोक्ने निर्णय गलत भएकाे बताएकी छन्।

सहरी विकाससँग सम्बन्धित एक कार्यक्रममा न्यायाधीश कतैबाट प्रभावित भएकाे हुनसक्ने बताइन्।
उनले गेमचेन्जर योजनालाई रोक्दा नेपालको विकासमा नराम्रो प्रभाव पर्ने बताइन्।
‘रूख धेरै काट्ने भए कम काट भन्न सक्थ्याे। बस्ती हटाउँदा त्यसको विकल्प खाेज्न भन्न सक्थ्यो,’ झाँक्रीले भनेकी छन्, ‘गेमचेन्जर आयोजना नै नबनाऊ भन्नु हुँदैनथ्यो। माननीयज्यू माथि प्रश्न उठ्छ। कतैबाट प्रभावित त भएकाे होइन।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !