काठमाडौं । एनएमबी बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरिजङ्घा गाउँपालिकामा निर्माण भइरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनी प्रा. लि. द्घारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो ।

यस आयोजनामा एनएमबी बैंक लि. अगुवा बैंक रहेको छ, भने सह—वित्तीय करणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेको छ । २१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत रु ४ अर्ब २८ करोड ५० लाख रहेको छ, जसमध्ये बैकहरुको ऋण लगानी रु. ३ अर्ब २१ करोड ३० लाख रहनेछ ।
यो आयोजना समेत एनएमबी बैंक लि.ले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको Environmental and Social Mitigation Guidelines अनुसार एनएमबि बैंक लि.ले Environmental and Social Policy तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागू गरिसकेको छ ।
बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली अन्तर्गत प्रचलित अन्तराष्ट्रिय अभ्यासलाई आत्मा सात गर्दै जलविद्युतका आयोजनामा लगानी गर्ने प्रतिवद्घता जाहेर गरेको छ । एनएमबी बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि “बैंक अफदिइयर एसिया २०२१” उपाधिबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि “बैंक अफ दि इयर नेपाल” प्राप्त गरिसकेको छ । एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गदै आइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !