काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन गर्न सकारात्मक देखिएका छन् । नेपाली कांग्रेसमा महिला नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा एब वर्षे हदम्याद राखिएकाले कतिपय अवस्थामा अप्ठ्यारो परेको आफूलाई महसुस भएको बताएका हुन् ।

देउवालाई भेट्न नेता डिना उपाध्यायको नेतृत्वमा कांग्रेसका महिला नेताहरु प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । भेटमा आफूहरुले बलात्कार मुद्दाको हदम्याद पुनरावलोक गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएको कांग्रेस प्रमुख सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
‘बलात्कारका घटनाहरु बढिरहेको छ । कतिपय घटनाहरुमा हदम्यादले अप्ठ्यारो पारेको महसुस मलाइ पनि भएको छ’ प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै भुसालले जानकारी दिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !