Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरीमा १७ डीआईजी खाली, २७ एसएसपीमध्ये कसले मार्ला बाजी?

प्रहरीमा १७ डीआईजी खाली, २७ एसएसपीमध्ये कसले मार्ला बाजी?

काठमाडौं । पाँच डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएसँगै नेपाल प्रहरीमा १७ जना डीआईजी को पद रिक्त हुने भएको छ। सरकारले केही दिनभित्रै रिक्त डीआईजीमा पनि बढुवाको तयारी गरेको छ।

एआईजीको बढुवा लगत्तै डीआईजीको बढुवा सिफारिस हुने छ। गत वैशाख  १९ गतेदेखि नै प्रहरीमा डीआईजीको संख्या रिक्त हुन थालेको हो। भावी आईजीपीका प्रतिस्पर्धीहरुलाई असर पर्ने भएपछि सरकारले एकसाथ ठूलो संख्यामा बढुवा गर्ने तयारी गरेको हो।

यसअघि आईजीपी धीरजप्रताप सिंहकै ब्याचका एसएसपीहरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ बढुवा भएका थिए। उनीहरुसँगै बढुवा भएका राजेन्द्रप्रसाद चौधरी बढुवा भएका थिए। तर, चौधरी पनि वैशाख १९ मै अवकाश भइसकेका छन्।

हाल नेपाल प्रहरीको जनपदतर्फ तीनजना डीआईजी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ मात्रै कार्यरत छन्। अन्य ५ डीआईजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवाका लागि सिफारिस भइसकेका छन्। जनपदतर्फ २० डीआईजी छन्।

१७ डीआईजीका २७ प्रतिस्पर्धी

१७ जना डीआईजीका लागि दुई ब्याचका २७ जना एसएसपीहरु प्रतिस्पर्धामा छन्। यीमध्ये पनि वरिष्ठताक्रम अनुसार २०७५ फागुनमा बढुवा भएका १३ एसएसपीको सम्भावना बलियो छ। त्यतिबेला १४ जना एसएसपी बढुवा भए पनि डा. गणेश रेग्मी अवकाश भइसकेका छन्।

एसएसपीमा बढुवा हुँदाको बरियता अनुसार सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोसराज पोख्रेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल हुन्।

यीमध्ये दीपक थापा, टेकबहादुर तामाङ र भीमप्रसाद ढकाल पछिल्लो ब्याचका हुन्। उनीहरु २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए। अन्य १० जना भने २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। 

तर, २०७७ वैशाखमा एसएसपीमा बढुवा भएका १४ जना पनि यिनै दुई ब्याचका छन्। उनीहरु पनि डीआईजी बढुवाका दाबेदार हुन्। त्यतिबेला पहिलो नम्बरमा बढुवा भएका वीरेन्द्र कुमार बस्याल अनिवार्य अवकाशमा गइसकेका छन्। 

नवराज भट्ट, हृदय थापा, राजकुमार बैदवार र मुकेश कुमार सिंह पनि एसएसपीबाटै अवकाश भइसकेका छन्।त्यतिबेला १९ जना एसएसपीमा बढुवा भएको थिए। ५ जना अवकाशमा गएसँगै यो ब्याचका १४ जना छन्। उनीहरु डीआईजीको लागि दौडधुपमा छन्।

एसएसपीहरु जनक भट्टराई, विष्णुकुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञविनोद पोख्रेल र चन्द्रकुवेर खापुङ पनि डीआईजीका प्रतिस्पर्धी हुन्।

२०५१ सालमा भर्ना खुल्दा प्रहरी निरीक्षकमा एक सय जना पास भएका थिए। ती मध्ये पहिलो लटमा ६० जना र दोस्रो लटमा ४० जना भर्ना गर्ने भनिएको थियो। पहिलो लटमा ८ वैकल्पिक राखिएको थियो। तीनै वैकल्पिक मध्यका हुन् एसएसपी दीपक थापा, भीम ढकाल, टेकबहादुर तामाङ, विष्णुकुमार केसी र सुदीप गिरी। 

रोल क्रम अनुसार ५० नं. सम्मलाई प्रहरी प्रधान कार्यालय अन्तर्गत नियुक्ति दिइएको थियो। ५१ र ५२ लाई विशेष प्रहरी विभागमा नियुक्त गरिएको थियो। तर ४० जनालाई सरकारले तत्काल भर्ना गरेन। सरकारले भर्ना नगरेपछि ४० जना अदालत गए। अदालतको आदेशमा २०५२ कात्तिकमा ४० जना भर्ना गरिएको थियो।

त्यसरी भर्ना हुनेमा अहिले डीआईजी बन्ने दौडमा रहेका राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञविनोद पोख्रेल र चन्द्रकुवेर खापुङ हुन्।

चार महिला एकसाथ बन्लान् डीआईजी

नेपाल प्रहरीमा एकसाथ चारजना महिला प्रहरी निरीक्षकमा भर्ना भएका थिए। २०५१ मा किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना एकसाथ प्रहरी निरीक्षकमा भर्ना भएका थिए।

एसपीसम्म उनीहरु एकसाथ आए। तर एसएसपीबाट सिंह र राना पछि परेका थिए। उनीहरु पछि एसएसपीमा बढुवा भए। भर्ना सँगै भएको र एकसाथ दुई ब्याचबाट डीआईजी बनाउन लागिएकाले चारैजना महिला डीआईजीमा बढुवा हुने सम्भावना छ।

त्यसो भएमा पहिलो पटक यति ठूलो संख्यामा महिला डीआईजी हुन्छन्। यसअघि पार्वती थापा र बिमला थापा एकसाथ डीआईजी भएका थिए। उनीहरुपछि पूजा सिंह डीआईजी भइन्। अहिले उनी एआईजी बढुवाका लागि सिफारिसमा परेकी छन्। 

उजुरी परेर बढुवा नरोकिए उनी जनपदतर्फ पहिलो महिला एआईजी बन्ने छन्। अहिलेसम्म महिला आईजीपी भने हुन सकेका छैनन्। पूजा सिंह पनि एआईजीबाटै अवकाश हुने छन्। यो ब्याचबाट २०७९ चैतमा आईजीपी हुनेछन्। 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh