संजय विश्वकर्मा / लहान । सिरहाको लहान नगरपालिकाको नव- निर्वाचित मेयर महेश प्रसाद चौधरीले पदभार ग्रहण गरेको दुईदिन नपुग्दै विगत बर्षौदेखि विवादास्पद रहेको फोहर व्यबस्थापनका लागि (डम्पिङ साईट) र शवदाह गृहको समस्या पुर्ण रूपमा सामाधान भएको छ ।

स्थानीय नगरवासी र जनताको चाहना अनुसार लहान – ४ को उत्तराहनि खुट्टीखोलामा शवदाह गृह (आर्यघाट ) निर्माण गर्ने निर्णय गरिएको छ । भने , लहान – ३ को पुरानो बसपार्क देखि पुर्वपट्टी बलानखोलाको छेउमा फोहर व्यबस्थापनका लागि ( ड्म्पिङ्ग साईट ) निर्माण गर्ने निर्णय भएको जनाएको छ ।
स्थानीय वडा अध्यक्ष लगायत स्थानीयहरुको सामुहिक सहमति अनुसार (डम्पिंग साईट) स्थायी रुपमा निर्माण गर्ने निर्णय गरिएको नगर प्रमुख चौधरीले बताए । फोहोरमैलालाई टोल स्तरमै फोहोरको वर्गीकरण गरेर नगरपालिकाको गाडीमा अलग–अलग पठाउने उहाँले बताउनु भयो ।
जसमा कुहिने फोहोर र नकुहिने फोहोर पठाईने छ भने फोहोर व्यवस्थापनको समयमा टोल स्तरमा विभिन्न माध्यमबाट जानकारी गराईने छ । बिज्ञको सल्लाह अनुसार फोहरमैलाको वर्गीकरण गरेर व्यवस्थापन गरिने छ।’ नगरवासीमा फोहोरलाई हेर्ने दृष्टिकोण र संस्कारमा परिवर्तन नभएसम्म नगरको सरसफाई उपलब्धिमूलक नहुने भएकाले नगरलाई स्वच्छ बनाउन सबैको सहयोग अपरिहार्य रहेको मेयर चौधरीको भनाई छ ।
आर्यघाटमा अन्त्येष्टि गर्दा वातावरण, पानी र माटो प्रदूषित कम मात्रमा हुने भएकोले आर्यघाटको काम छिटै सुरुवात गरिने बताउनु भयो ।
प्रकृति संरक्षणमा आर्यघाटको फाइदाजनक रहेको कुरा बुझ्न र बुझाउन आवश्यक भएकोले धार्मिक विधिअनुसार अनुसार आर्यघाटमा शव जलाउनाले पानी, माटो, जंगल संरक्षण हुने भएको सबैले बुझनुपर्छ”, चौधरी भन्छन् , “यसले प्रदूषित रोक्न मद्दत गर्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !