दिनेश्वर गुप्ता / लहान । लहान नगरपालिका मेयर महेश चौधरीले जनसंख्या र भुगोलको आधारमा सबै वडाले समानुपातिक बजेट पाउँने बताउँनुभयो । मेयर चौधरीले आज पदभार ग्रहण गर्दै लहान विकास निर्माणका साथै मानव संशाधन विकासको लागि जनप्रतिनिधि र कर्मचारी हातोमालो गरेर अघि बढ्न जोड दिनुभयो ।
मेयर चौधरीले आफनो सरकारी सुबिधाबाट समाजमा रहेका गरिब, दलित तथा विपन्नवर्गलाई राहतको व्यवस्था गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले गरिब, दलित ,निसहाय, मुसलिम, बिपन्नवर्ग र ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको २२ गते राहत स्वरूप जनतामा बाँड्ने बताउँनुभयो ।
समाजिक विकृति विकृति विसंगति र भ्रष्टाचारलाई पनि अन्त गरि लहानलाई पर्यटन विकासतर्फ उन्मुख गरिने उहाँले जोड दिनुभयो । । लहान नगरपालिकाभित्र रहेका दलित वस्तीमा प्रत्येक परिवारलाई १० किलो चामल, १ पोका खाने तेल र १ किलो नुन उपलब्ध गराउने घोषणा गर्नुभएका छन् । योसँगै जन्म दर्ता,विवाह दर्ता,मृत्युं दर्ता र नागरिकताको सिफारिस निः शुल्क उपलब्ध गराउँने घोषणा समेत गरेको छ । मुसहर समुदायलाई क्रिया खर्च ५ हजार उपलब्ध गराउनुका साथै छाडा चौपाया नियन्त्रण,लहान १२ र १६ मा पर्ने भित्रि सडक मर्मत सम्भारका कार्य लगायतका विभिन्न कार्यहरुको आजै बाट थालनी गरेको गरिने भएको छ । विगतमा लहान नगरपालिकाले मासिक साढे ३ लाखको चियापानको बिल भुक्तानी हुने चमेनागृह हटाउन मेयर चौधरीले निर्देशन दिएका छन् । जसपा र नेकपा माओवादी केन्द्रको सहयोगमा कांग्रेसका चौधरी निवर्तमान मेयर एमालेका मुनी साहलाई हराउदै मेयर बनेका छन् ।
फजुलको कर्मचारीलाई काममा नलगाउँन लहान मेयरको निर्देशन स्थानीय तहको निर्वाचन लक्षित गरि जनप्रतिनिधिहरु धमाधाम शिलान्यास, कर्मचारी नियुक्तिलगायत बजेट सकाउँने काम गरिरहेका थिए । लहान नगरपालिकाका पूर्व मेयर मुनी साह पनि त्यस्तै कार्यमा तल्लिन थिए । उनका समर्थकहरु विकासको लहर चल्यो भनेर भाषण ठोकदै थिए । तर, त्यस्तो होइन, लहान नगरपालिकाको बजेट घाटामा गइरहेको थियो ।
कार्यालयको योजना शाखा अनुसार आन्तरिक आय श्रोत अनुमान १ अर्ब १२ करोडको गरिएको थियो । त्यही अनुसार नगरपालिकाले खर्च गरे । आन्तरिक आयबाट करिब ८÷९ करोड मात्रै संकलन भयो । बाँकी बजेट घाटा भएको छ । कर्मचारी भर्ना, पोशाक भत्ता, महगी भत्ता, इन्धन खर्च, पानी र विजुली बैठक भत्ता, विभिन्न योजनाका सम्भावयता अध्ययन, विकास योजनाहरुको शिलान्यासलगायत थुप्रै काममा जथाभावी गरेपछि बजेट घाटा भएको हो । घाटाका कारण कर्मचारीहरुलाई अहिले तलब खुवाउन समेत मुस्किल भएको योजना शाखाले बताएको छ ।
नगरपालिकामा घाटामा देखिएपछि नवनिर्वाचित मेयर महेश प्रसाद चौधरीले घाटा रोक्न प्रयास थालेको छ । दैनिक ज्यालादारी फजुलको कर्मचारीहरुलाई काममा नलगाउन दिर्नेशन दिएको केही घटनामै प्रमुख प्रशासकीय कार्यान्वयन सुरु गरेको छ । जथाभावी सेवा सुविधामा रोक लगाउन मेयर चौधरीले निर्देशन दिएको छ । श्रोत नभएको ठेक्का सम्झौता तत्काल खारेज गर्नुपर्ने बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !