चितवन । भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । मतगणना नसकिँदै उनले विजय हासिल गरेका हुन् ।

जसमा १ लाख १३ हजार ८७७ मत गणना सकिइसक्दा सत्ता गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार २२८ मत पाएका छन् ।
अब भरतपुरमा १३ हजार ६८९ मत गन्न बाँकी हुँदा अधिकारीले १९ हजार ५१४ को मतान्तर मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् । स्तै भरतपुरमा सत्ता गठबन्धनकै मेयर उम्मेदवार रेनु दाहाल पनि जित नजिक पुगेकी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !