काठमाडौं ।बलात्कार आरोपमा पक्राउ परेका मोडल ग्लोब भिसाज कन्सल्टेन्सीका सन्चालक मनोज पाण्डेलाई अदालतले अनुसन्धान अघि बढाउन ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।सोमबार जिल्ला अदालत काठमाडौंले मनोज पाण्डेमाथि छानबिनकालागि ५ दिनको समय दिएको हो ।

गत शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरीले आज (सोमबार) अदालतमा उपस्थित गराएको थियो । पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे दिएको बयान जिल्ला अदालत काठमाडौंबाट प्रमाणित भएको छ ।
बयान प्रमाणित भएसँगै सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन जिल्ला प्रहरी परिसर काठमाडौंले आरोपीलाई अदालत लगेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !