लहान । कार्यभार सम्हालने बितिकै लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले नगरवासीलाई स्थानीय सरकार भएको अनुभूति दिलाउने गरी काम थालेको छ ।
उनले सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य रुपमा ५ वटा काम तुरुन्त गर्ने उदघोष गरेका छन ।
जन्म, मृत्यु, विवाह र नागरिकता सिफारिसमा लाग्ने शुल्क हटाउने, हरेक मुसहर परिवारलाई किरिया खर्चका लागि ५ हजार नगद सहयोग गर्ने, वृद्धभता घरमै पुगाउने व्यवस्था मिलाउने, हरेक महिना २२ गते आफुले पाउने सेवा सुविधाबाट गरिब, विपन्न परिवारलाई राहत वितरण गर्ने र वर्षा याममा हिडडुल गर्न कठिनाई भइरहेको सडकलाई तत्काल मर्मत गर्ने कार्य थालेको छ ।
यी सबै घोषणा गरेको कार्यहरु मंगलबार बस्ने नगर कार्यपालिकाको बैठकबाट पारित गरी नगरसभामा लग्ने उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !