बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाको वडा नम्बर ७ धामीगाउँबाट पालिकाको सेवा सुचारु भएको छ । नवनिर्वाचित पालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले पदभार ग्रहण गर्दै धामीगाउँबाटै सेवा सुरु भएको घोषणा गर्नु भएको वडा नम्बर ५ का वडा अध्यक्ष यज्ञ भट्टले जानकारी दिनुभयो ।
राज्य पुनरसंरचना पछि आयोगले धामी गाउँमै पालिकाको केन्द्र रहेको भन्दै २०७४ सालमै राजपत्रमा प्रविष्ट गरिसकेको थियो । तर तत्कालिन कार्यपालिकाले वडा नम्बर ३ पंसेरमा रहेको बिद्यालयमा सम्पर्क कार्यालय स्थापना गरी सेवा प्रबाह गर्दै आएको थियो ।
तत्कालिन कार्यपालिकाले पंसेराको सम्पर्क कार्यालयलाई नै पालिकाको केन्द्रको रुपमास्थापना गर्न खोजेपछि बिरोध हुदै आएको थियो । यद्यपी संघिय सरकारबाट धामीगाउँबाटै सेवा सुचारु गर्न पटक पटक परिपत्र गर्दा पनि तत्कालिन पालिका सरकारले अटेरी गर्दै आएको थियो ।
नवनिर्वाचित पालिकाका पादाधिकारीहरुले धामीगाउँबाटै पद तथा गोपनियताको शफथ लिएका छन् भने कामकार्वाही पनि सुचारु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !