काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको जोकोही आँसुकविलाई नेपालको आँसु कविले १० मिनेटमै हराइदिने तर्क गरेका छन् । उनले नेपालीको जातै कवि भएकाले कविताको सृजनामा पनि अगाडि रहेको बताए ।

‘विश्वको कुनै आँसु कविलाई १० मिनेटमा नेपालको आँसु कविले घाँस काट्दा काट्दै हराइदिन्छ,’ ओलीले आज राजधानीमा आयोजित कविता विमोचनपछि बोल्दै भने,‘दोहोरी खेल्ने र भन्ने गरेर खुत्रुक्कै हुने गरी भन्छ ।’
ओलीले नेपालीको जातै कवि भएको तर्क गरे । उनले भने,‘नेपालीको जातै कवि । हरेक नेपालीको नाममा कवि लेखिदिए हुन्छ ।’ नेपालीहरुले लिपी पैदा हुनुभन्दा अघि पनि काव्य रचना गर्ने गरेको टिप्पणी गरे ।
नेपालमै हतियारको सृष्टि भएको ओलीको भनाई थियो । उनले शिवल त्रीशुल बोकेर हिंडेको भन्दै वाद्य वाधन डमरु पनि लिएको बताए । उनले भने,‘हतियारको आविष्कार, सुर ताल यही सुरु भयो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !