काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न दिनेबारे अध्ययन भइरहेको बताएका छन् ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको विश्वव्यापी रुपमा बृद्धि भइरहेको इन्धन र खाद्यान्नको मूल्य र यसले अर्थतन्त्रमा पार्ने प्रभावबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बडूले भने, ‘निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न दिनेबारे अध्ययन भइरहेको छ ।’

त्यस्तै मन्त्री बडूले आयल निगमको एकाधिकार तोड्न र निगमलाई सुधार्नका लागि पनि दीर्घकालीन रुपमा निजी क्षेत्रको सहभागिताबारे मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दै थप भनेका छन्, ‘निगमको एकाधिकार धेरै भयो भन्ने छ । प्रतिस्पर्धा बढाउन, दीर्घकालीन समाधानका लागि हामीले अहिले त्यसतर्फ काम गर्ने सुरुवात गरेका छौं ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !