‘संगठनभित्र स्वच्छ प्रतिस्पर्धा हुन्छ, सबै मिलेर जानुपर्छ’
काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजीपी ) धिरज प्रताप सिंहले कानुन र मानवअधिकारको सम्मान गर्दै आक्रामक ‘पुलिसिङ’ गर्ने बताएका छन् । सुरक्षा खबरसँग कुरा गर्दै आईजीपी सिंहले यस्तो बताएका हुन् ।

उनले भने, “म आक्रामक ‘पुलिसिङ’मा विश्वास गर्छु । समाजमा अपराध बढ्दो छ । हरेक अपराधका विरुद्ध मानवअधिकारको पालना गर्दै कानुनको परिधिभित्र रहेर आक्रामक ‘पुलिसिङ’ अगाडि बढाउँछु । सबैखाले अपराधविरुद्ध प्रहरी अगाडि बढ्छ । अपराधीलाई कानुनानुसार तह लगाउँछौँ ।”
आफ्ना योजनाहरू अब केही दिनमै सार्वजनिक गर्ने सिंहले बताए ।
उनले सबैलाई मिलाएर लैजाने पनि बताए । संगठनभित्र स्वच्छ प्रतिस्पर्धा स्वाभाविक भएकाले अब मिलेरै संगठन चलाउने उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !