सिरहा । सिराहाको सुखिपुर नगरपालिकाको मेयर पदमा पुनः राम अवतार यादव निर्वाचित भएका छन् ।

गत बैशाख ३० गते सम्पन्न आसन्न स्थानीय तहको निर्वाचनपछि शनिबार सम्पन्न मतगणनापछि एमाले पार्टीबाट उम्मेदवारी दिएका रामऔतार यादवले ४४३४ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका जीवछ यादव ३११२ मत ल्याएका छन् । गत वि.सं. २०७४ सालको चुनावमा पनि रामऔवार यादवले सुखिपुरको कमान सम्हाल्दै आएका थिए ।
सोही नगरपालिकाको उपप्रमुखमा दोस्रो कार्यकालको लागि रेणु देवी साह निर्वाचित भएकी छिन् ।
दुवै जना नेकपा एमाले मधेस प्रदेश सह इन्चार्ज लिलानाथ श्रेष्ठ उनको नीजि निवासमै पुगेर बधाई तथा कार्यकालको शुभकामना दिएका छन् । एमाले पार्टीले सुखिपुरमा आफ्नो मर्यादा कायम राखेको भन्दै उनले बधाई दिएका हुन् ।
सुखिपुर नगरपालिकाको १० वटा वडा मधे ५ वटा वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । वडा नम्बर २ मा हरिनारायण यादव, वडा नं. ५ मा रामपुजन कामैत, वडा नं. ६ मा रामेश्वर साह, वडा नं. ७ मा सुरेन्द्र साह र वडा नं. १० मा देव नारायण यादव निर्वाचित भएका छन् ।
बाँकीको वडा नं. १ मा माओवादीका राजेन्द्र प्रसाद चौधरी, वडा नम्बर ३ मा जसपाका हरेराम यादव, वडा नम्बर ४ मा काँग्रेसका जीतेन्द्र प्रसाद यादव, वडा नम्बर ८ मा काँग्रेसकै किशोरी प्रसाद चौधरी र वडा नं. ९ मा एकिकृत समाजवादीका दुलिचन्द यादव निर्वाचित भएका छन् ।
रामऔतार यादव बहुमतको साथ सुखिपुर नगरपालिकामा स्थानीय सरकार बनाएका हुन् ।
