बारा । बाराको कलैया उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका विनोदप्रसाद साह र रौशन परविन निर्वाचित भएका छन् । यहाँ एमालेले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् ।

साहले नेपाली कांग्रेसका राजेश राय यादवलाई पराजित गरे । साहले २४ हजार १३९ मत प्राप्त गर्दा कांग्रेसका यादवले १८ हजार ५४० मत पाएका छन् ।
उपमेयरमा निर्वाचित परविनले १९ हजार २५१ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका प्रमोदप्रसाद गुप्ताले १८ हजार ३०२ मत पाए । यहाँ गएको निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो ।
यसपटक पाँच दलीय सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा मेयरमा कांग्रेस र उपमेयरमा जसपाबाट उम्मेदवार थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !