सिरहा । सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार चतुरानन्द ठाकुर निर्वाचित भएका छन् ।

अध्यक्षमा चतुरानन्द ठाकुर र उपाध्यक्षमा अमरकला यादव निर्वाचित भएका हो । ठाकुरले ३८४५ मत र यादवले ३८४८ मत ल्याएका छन् । अध्यक्षमा निर्वाचित भएका ठाकुर ०७४ को निर्वाचनमा पराजित भएका थिए ।
अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवनारायण साहले ३५८५ मत ल्याएका छन् । त्यसपछिका उम्मेदवारहरु जसपाका केदारनाथ यादव २९५८, नेकपा एकिकृत समाजवादीका जयप्रकाश यादव १५४७, जनमत पार्टीका हिरालाल यादव ५३४, नेकपा माओवादी केन्द्रका शैलेन्द्रकुमार यादव ३६२ मत ल्याएका छन् ।
यसैगरी उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी जसपाकी रन्जुकुमारी यादव ३२३२, एमालेकी गितादेवी चौधरी ३०००, एकिकृत समाजवादीकी श्यामकुमारी १४९०, जनमत पार्टीकी अनिताकुमारी सिंह ५८३ मत ल्याएको छ ।
यहाँ ६ वटा वडामध्ये वडा १, २, ३, ४ मा कांग्रेस, ५ मा एमाले र ६ मा जसपा विजयी भएको हो ।
