काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।
ललितपुर हात्तीबनस्थित यादव निवासमा भएको भेटमा नागरिकता विधेयक, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषय भेटको प्रमुख उद्देश्य थियो । दलीय सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा भएको कुराकानी सकारात्मक भएको छ । गृहमन्त्री खाँणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका छन् ।
यसअघि मन्त्रीद्वयले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । सरकारले दलीय सहमतिमा संसद्को जारी अधिवेशनमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !