काठमाडौं । नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगरको प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार बिदुरप्रसाद सापकोटालाई एक हजार ५५ मतान्तरले पराजित गरे ।
एकीकृत समाजवादीका तामाङले ९ हजार ४०६ ल्याए भने उनका निटकतम प्रतिद्वन्द्वी एमालेका सापकोटाले ८ हजार ३५१ मत ल्याए ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११३०५ मत ल्याएर विजयी भएका छन् । नेपालका प्रतिद्वन्द्वी एमालेकी सरिता ढकाल ६९२४ मत ल्याएर पराजित भए ।
यहाँ सत्ता गठबन्धनविरुद्ध एमाले चुनावी मैदान थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !