भैरहवा । नेपाली कांग्रेसका इस्तियाक अहमद खान रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुखमा निर्वाचित भएका छन् । खानले ९ हजार १ सय ३४ मत ल्याए । उनको निकटतम प्रतिद्वन्द्वी राप्रपाका सागरप्रताप राणाले ८ हजार १ सय ३७ मत प्राप्त गरेका छन् ।

२०७४ सालको चुनाव जित्ने नेकपा एमालेका रामप्रसाद बस्याल ७ हजार ३ सय ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे । खान संविधानसभाका सभासद हुन् ।त्यसैगरी उपप्रमुखमा एमालेकी उमा अधिकारीले जित हासिल गरेकी छन् । अधिकारीले ८ हजार ८ सय १३ मत प्राप्त गरेकी छन् ।
अधिकारीको निकटतम प्रतिद्वन्द्वीमा राप्रपाकी विनिता गुप्ताले ६ हजार ५ सय ४४ मत प्राप्त गरेकी छन् । २०७४ सालमा भएको स्थानीय तह चुनावमा सिद्धार्थनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुख एमालेले जितेको थियो ।
यस पटकको चुनावमा कांग्रेसले ५, एमालेले ४, राप्रपाले ३, जसपाले एक वटा वडाध्यक्ष जितेको छ । जसपाले वडा नम्बर १, राप्रपाले २, ३ र ४, कांग्रेसले ५, ६, ७, ८ र १३ एमाले ९, १०, ११, १२ को अध्यक्ष जितेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !