वीरगञ्ज । पर्साको पकाहा मैनपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा सुरेश प्रसाद र उपाध्यक्षमा सरफुन नेशा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचिन सुरेश प्रसादले ४ हजार ६८५ मत ल्याउँदा जनता समाजवादी पार्टी (जसपा) का विजयकुमार चौरसियाले २ हजार ५२९ मत ल्याए ।
उपाध्यक्षमा निर्वाचित कांग्रेसका सरफुन नेशाले ४ हजार १४१ मत ल्याउँदा नेकपा एमालेकी कुमारी निर्मला चौरसियाले १ हजार ८७२ मत ल्याएर दोस्रो भइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !