वीरगन्ज । वीरगन्ज महानगरपालिकाको प्रमुख (मेयर) पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजेशमान सिंहको अग्रता कायमै रहेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीभन्दा ६८७५ मतले अघि रहेका छन् ।

पछिल्लो प्राप्त मतगणनाअनुसार सिंहले १३८७८ मत पाउँदा सरावगीले ७००३ पाएका छन् । राप्रपाका उम्मेदवार गिरीश गिरीले ५७९ मतका साथ उनीहरुलाई पछ्याइरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !