काठमाडौं । सबै वडामा एमाले हारेपछि खोटाङमा गाउँपालिका कमिटी अध्यक्षले राजीनामा दिएका छन् ।

खोटाङको दिप्रुङ चुइचम्पा गाउँपालिका २ डाँडागाउँमा एमालेका गाउँपालिका कमिटी अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका हुन् ।
आफ्नो वडामा एमालेका सबै उम्मेदवार पराजित भएपछि पालिका कमिटी अध्यक्ष कार्कीले विज्ञप्ति जारी गरी नैतिकताको आधारमा पदबाट राजीनामा दिएको जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !