काठमाडौं । निर्वाचन आयोगले बैशाख ३० गतेको स्थानीय निर्वाचनमा अनिवार्य मतदाता परिचय पत्र हुनुपर्ने व्यवस्थालाई लचिलो बनाएको छ ।

अब सरकारी कागज पत्र नागरिकता, सवारी चालक अनुमति पत्र वा राष्ट्रिय परिचय पत्र देखाएर पनि मतदान गर्न सकिने व्यवस्था गरेको छ । तर, यसका लागि मतदाता नामावलीमा भने यस अघिनै दर्ता गरीसकेको हुनुपर्ने व्यवस्था गरेको छ ।
आयोग स्रोतका अनुसार मंगलबार निर्वाचन आयोगले यससम्बन्धि निर्णय गरेको हो । आयोगले यसअघि अनिवार्य मतदाता परिचयपत्र हुनुपर्ने व्यवस्था गरेको थियो । मतदानका लागि व्यवहारिक समस्या नहोस, भनेर यो निर्णयमा आयोग पुगेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !