Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

के हो मौन अवधि ?

के हो मौन अवधि ?

काठमाडौं । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदै छ । निर्वाचन प्रयोजनका लागि ‘मौन अवधि’ पनि सुरु भइसकेको छ । निर्वाचन आयोगले वैशाख २७ गते राति १२ बजेदेखि मौन अवधि लागू भएको जनाएको छ । आखिर के हो त मौन अवधि ? छोटो शब्दमा भन्दा मौन अवधि भनेको ‘मौन अवधि’ भनेको ‘शान्त अवधि’ । यो अवधि भनेको उम्मेदवारले आफ्नो तयारीका बारेमा समीक्षा गर्ने र मतदाताले कसलाई भोट दिने भनेर स्पष्ट योजना बनाउने समय हो ।

निर्वाचनमा ‘मौन अवधि’ विश्वव्यापी प्रचलन हो । विश्वका अधिकांश देशमा निर्वाचनका क्रममा ‘मौन अवधि’ प्रचलनमा रहेको छ । सामान्यतः निर्वाचन हुनुभन्दा ४८ घन्टा अगाडि ‘मौन अवधि’ सुुरु हुन्छ । यो अवधिमा मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई आफ्नो ध्यान मतदानमा केन्द्रित गर्न प्रेरित गर्छ । राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचारप्रसार मतदानको अन्तिम समयमा आएर द्वन्द्वमा परिणत नहोस् वा निर्वाचनको मुखमा प्रचारप्रसारमा विकृति नबढोस् भनेर ‘मौन अवधि’ राख्ने गरिन्छ । निर्वाचनको वातावरण शान्त रहोस र उम्मेदवारबीचको प्रतिस्पर्धा अस्वथ्य नहोस् भनेर पनि ‘मौन अवधि’ राख्ने गरिन्छ ।

यो अवधिले सर्वसाधारण मतदातालाई कस्तो जनप्रतिनिधि चयन गर्ने भनेर गम्भीरतापूर्वक सोच्न सहयोग पु¥याउँछ । चुनावमा उठेका उम्मेदवारहरूलाई पनि आफ्नो तयारीको विषयमा सचेत भएर अन्तिम समीक्षा गर्ने अवसर प्रदान गर्छ । यसका अतिरिक्त ‘मौन अवधि’ ले निर्वाचन आयोगलाई पनि अन्तिम समयमा आएर बाँकी काम पूरा गर्न सहयोग पुर्याउँछ ।‘मौन अवधि’ सुरु भएपछि कुनै पनि राजनीतिक दल र उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन । मतदातालाई अनावश्यक प्रभावमा पार्न पाइँदैन । मतदानस्थलको तीन सय मिटर वरपर राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री पनि राख्न पाइँदैन ।

त्यसैले निर्वाचन आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउन निर्देशन दिइसकेको छ । मौन अवधि सञ्चारमाध्यमलाई पनि लागू हुन्छ । मौन अवधिमा सञ्चार माध्यमले पनि कुनै दल वा उम्मेदवारको पक्ष/विपक्षमा कुनै सामग्री प्रकाशन वा प्रसारण गर्न पाउँदैनन् ।यसैगरी ‘मौन अवधि’मा समाजिक सञ्चालमा पनि कुनै राजनीतिक दल र उम्मेदवारको पक्ष विपक्षमा कुनै कुरा पोष्ट गर्न पाइँदैन । मतदातालाई प्रभाव पार्ने कुनै पनि कुरा पोस्ट गर्न पाइँदैन । त्यसैले यसअघि सामाजिक सञ्जालमा राजनीतिक दल र उम्मेदवारहरूको पक्ष/विपक्षमा पोस्ट गरिएका सामग्री हटाउन निर्देशन दिइसकेको छ ।

आयोगले ‘मौन अवधि’ सुरु भएदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री, वितरण र सेवन नगर्न पनि आग्रह गरेको छ । तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । निर्वाचन आचारसंहितामा ‘मौन अवधि’मा गर्न नपाइने कार्यको उल्लेख गरिएको छ । त्यसअनुसार मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा(सम्मेलन, कार्यशाला, गोष्ठी गर्न हुँदैन । यो अवधिमा मत माग्न पनि हुँदैन ।

मौन अवधि समयमा पालना गर्नुपर्ने आचारसंहिता उल्लंघन भए निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालना गर्न सचेत गराउनेछ । मौन अवधिको बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे आयोगले त्यस्ता उम्मेदवारको उम्मेदवारीसम्म रद्द गर्न सक्छ । एक लाख रुपैयाँसम्म जरिवाना पनि गर्नसक्ने प्रावधान छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh