काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता मिचेको भनी लागेको आरोपको बचाउ गरेका छन्। उनले यो आरोपमा सत्यता नभएको दाबी गरे।

उनले प्रधानमन्त्रीको रुमपा पार्टीको झन्डा बोकेर प्रचारमा हिँडेको नभई पार्टी सभापतिका रुपमा सभाहलाई सम्वोधन गरेको दावी गरे। ‘ओलीले विभिन्न सभामा पगलहरु भन्नु भयो। वहाँले हरेक सभामा हुने नहुने सबैकुरा गर्नु भएको छ,’ उनले भने, ‘मन्त्री र प्रधानमन्त्रीले हेलिकप्टर चढेको कुरा हैन। शेरबहादुर देउवाले पार्टी सभापतिको रुपमा गर्नु भएको हो। पार्टी सभापतिले प्रचार नगरेर कसले गर्ने?’
उनले आचारसंहिता ओलीलाई लाग्नुपर्ने माग गरे। पार्टी सभापति वहाँ नै हो नि? वहाँ हिँडेर जाने हो र?’ उनले भने, ‘आचारसंहितामा सत्ताको दुरुपयोग नगर्ने हो। यसको पालना गरेकै छ। मत माग्ने अधिकारी पार्टीलाई छ।’
भरतपुरमा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धम्की दिएको नभई ओलीले जितेमा खराव शासन आउँछ भन्ने सन्दर्भमा भनेको होला भन्ने लागेको भन्दै बचाउ गरे। उनले आरजु राणाले पनि काग्रेसले जितेमा विकास सुनिश्चित गर्छौं भनेको तर कहाँको टुक्रो निकालेर बजाइएको आरोप लगाए।
उनले ओलीको समयमा नेपाली कांग्रेसले जितेको स्थानमा दोस्रो दर्जाको रुपमा बजेट दिने काम भएको भन्दै अब यस्तो नहुने दाबी गरे। उनले कांग्रेसले मापदण्ड बनाएर काम मात्र गर्ने दाबी गरे।गठबन्धन टुट्ने अवस्था नरहेको दाबीसमेत उनले गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !