काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शुक्रबार हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आहृवान गरेका छन् ।

उनले भने, ‘निर्वाचनको लागि सुरक्षाको कुनै समस्या छैन, प्रहरीले सबै प्रबन्ध मिलाएको छ, सबैले आफ्नो मतदानअधिकार प्रयोग गर्नुहोस् ।’
आईजीपी सिंहले निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको बताए । मतदान गर्न जाँदा बाधा, अबरोध नआउने भन्दै उनले भने, ‘तपाईहरु आफ्नो मताधिकार स्वतन्त्र, भयरहित र निर्भिक रुपमा गर्न पाउनु हुनेछ, त्यसको जस्तोसुकै सुरक्षा दिन पनि नेपाल प्रहरी तयार छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !