काठमाडौं । चुनावी प्रचारप्रसारमा आएका अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आग्रह गरेको छ । आज प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

प्रचारप्रसारमा आएका अपरिचित (व्यक्ति) कार्यकर्ताले दिएको खाने कुरा खाँदा बेहोस् हुने, चक्कर आउने घटना घटेकोले यस्तो घटना दोहोरिन नदिन प्रहरीले सूचनामार्फत यस्तो जानकारी गराएको छ ।


















