काठमाडौँ। महान्यायाधिवक्ता खम्मबहादुर खातीले चुनावको मुखमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन नहुने जिकिर गरेका छन्।

उनले रिट निवेदनकर्ता एआईजी विश्वराज पोखरेललाई प्रहरी संगठनको माया नभएको जिकिर गर्दै उनले चुनावको मुखमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन नहुने तर्क गरेका हुन्।
‘वैशाख ३० गते चुनाव छ। अहिले स्टे अर्डर गर्दा चुनावी सुरक्षामा असर हुन्छ श्रीमान’, रिटमाथिको बहसका क्रममा उनले भने, ‘चुनावमा सुरक्षा नेतृत्व विहीन बनाउन मिल्दैन। एआईजी विश्वराज पोखरेललाई संगठनको माया छैन।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !