रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको छ ।

वैशाख २१ गते चन्द्रपुर नगरपालिका- ३ गैंडाटार कछडिया टोल बस्ने जितेन्द्र धामीको घरको आँगनमा पार्किङ गरेर राखेको प्रदेश २-०३-०१९ प २३६८ नम्बरको कालो÷रातो रंगको २२० सि.सि. पल्सर मोटरसाइकल हराएको थियो ।
उक्त मोटरसाइकल चोरेको आरोपमा सर्लाहीको बागमती नगरपालिका- १ बस्ने लाल बहादुर घिसिङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव निरिक्षक सन्तु प्रसाद जैसवाले जानकारी दिए ।
चोरी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालउ चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीको टोलीले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित कृषि विकाश बैंक नजिकबाट चोरी भएको मोटरसाइकलसहित घिसिङलाई पक्राउ गरेको गरेको हो ।
पक्राउ परेका घिसिङलाई रौहट जिल्ला अदालत गौरबाट पहिलोपटक ७ दिन म्याद गरी अनुसन्धान गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !