Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

डीआईजी – एआईजी बढुवामा जम्प गर्दा ‘चेन अफ कमाण्ड’ नबिग्रने, आईजीपी बढुवा हुँदामात्रै असर पर्ने ?


डीआईजी – एआईजी बढुवामा जम्प गर्दा ‘चेन अफ कमाण्ड’ नबिग्रने, आईजीपी बढुवा हुँदामात्रै असर पर्ने ?

काठमाडौं । नेपाल प्रहरीमा एकै दिन सेवा प्रवेश गरेका धीरजप्रताप सिंह नम्बर एकमा रहेर इन्स्पेक्टर बनेका थिए । २०६१ मा डएसपी हुँदा पनि उनी नम्बर एक नै बनेर बढुवा भए । २०६९ मा एसपी हुँदा पनि सिंह नम्बर वान नै रहे ।

सिंहलाई त्यतिबेला धेरैले भावी आइजीपीको रुपमा लिएका थिए । तर,एसएसपी हुँदा उनी नम्बर वानबाट तल झारिए । विश्वराज पाखरेलले त्यसपछि निरन्तर बाजी मार्दै गए ।

सिंहको ब्याची विश्वराज पोखरेल इन्स्पेक्टर भएर सेवा प्रवेश गर्दा १६ नम्बरमा थिए ।डिएसपी हुँदा १८ र एसपी हुँदा ५ नम्बरमा थिए । तर, एसएसपी हुँदा आफ्ना ब्याचीका ४ जनालाई उछिनेर नम्बर वान बन्न पुगे । सिंह २ नम्बरमा एसएसपीसम्म सँगसँगै बढुवा हुँदैआएका ४ एआइजीहरुमध्ये सरकारले धिरजप्रताप सिंहलाई महानिरीक्षक(आइजीपी) मा बढुवा गरेको छ ।

एसएसपीसम्म सँगै बढुवा हुँदैआएका विश्वराज पोखरेलले बरिष्ठ उपाध्यक्ष तथा तत्कालीन महासचिव इश्वर पोखरेल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरेको पावर उपयोग गरी रकेट शैलीमा आफ्ना ब्याची एसएसपीलाई उछिनेर डीआइजी बढुवा भए । उनी २०७६ बैशाख २९ मा डिआईजी बढुवा भएका थिए । तर पोखरेलसँगैका धिरजप्रताप सिंह, सहकुल थापाहरु ११ महिनापछि २०७६ चैत २९ मा मात्र डीआइजी बढुवा भएका थिए ।

एआइजीमा पनि पोखरेलले दरबन्दी सृजना गरी एक्लै बढुवा गराउन सफल भए । उनी २०७७ मंसिर २४ मा एआइजी बढुवा भए । खड्गप्रसाद ओली सरकारले नेपाल प्रहरीमा प्रशासनतर्फ ३ र अस्पतालमा एक एआइजीको दरबन्दी रहने ब्यवस्था गरेको थियो । तर महाभियोग लागेर निलम्बन भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको दबाबमा दरबन्दी थपेर ४ पुर्याई एआइजी बढुवा भए ।

आइजीपीको एक्लो धावक बन्नका लागि उनले प्रहरीको सिष्टम नै बिगारेर बढुवाका लागि शक्तिको गर्नुसम्म दुरुपयोग गरेका थिए । सिष्टम बिगारेर डिआइजी र एआइजी बढुवा हुँदा प्रहरीको चेन अफ कमाण्ड केही नहुने, आइजीपीमा उनीसँगै एकै दिन भर्ना भएका र कार्यक्षमतामा अब्बल मानिएका एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्दा आकाशै खस्छ भन्नेहरु पनि देखिएका छन् ।

प्रहरी नायब उपरीक्षक ( डिएसपी ) हुँदा काठमाडौं प्रहरी परिसरमा काम गरेका सिंह काठमाडौंको सुरक्षा चुनौतिबारे जानकार प्रहरी अधिकृत हुन् । जिल्ला प्रहरी कार्यालय, पर्साको प्रमुख हुँदा सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्ललाई गोली प्रहार गर्ने सुटर रुपेश गिरीलाई समेत उनले पक्राउ गरेका थिए । पर्सामा प्रहरी प्रमुख भएका वेला उनले तस्करी नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेका थिए ।

पछिल्ला पटक दाङका व्यवसायी राजकुमार श्रेष्ठ हत्याको प्रमुख अभियुक्तलाई पक्राउ गरेको श्रेय पनि उनैलाई जान्छ ।
पर्सा र दाङका प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदा धेरै अभियानहरु सञ्चालनमा ल्याए । ती मध्ये आधा दर्जन अभियान अपराध नियन्त्रण एवं अनुसन्धानका सवालमा विशेष र महत्वपूर्ण रहे । संगठन भित्र कुनै पनि विवादमा नपरिकन निस्कलंक प्रहरी अधिकारीको छवि बनाएका सिंहको आफ्नो कार्यकाल विशेष र सफल रहेको संगठनको दाबी छ ।

त्यसपछि : अपराध महाशाखाको जिम्मेवार पाएका एसएसपी सिंहमाथि उपत्यकाभित्र शान्ति सुरक्षा मजबुत बनाउन र आपराधिक समूहलाई निगरानी गरी कार्यसम्पादन गर्ने ठूलो चुनौती थियो । पूर्व प्रहरी महानिरीक्षक ( आईजीपी ) सर्वेन्द्र खनालले महाशाखामा बस्दा बनाएको साख जोगाउन पनि सिंहमाथि चुनौती थियो । यो चुनौतीलाई आफू मातहतका प्रहरी कर्मचारीलाई परिचालन गरेर एसएसपी सिंह सफल भएको उनले गरेका कामहरुबाट नै पुष्टि हुन्छ । महाशाखामा बस्दा उनले आफूलाई अब्बल सावित गरेरै छाडे । सिंहले नै राजधानीभित्रका गुण्डा तथा आपराधिक समूहको सूची तयार पारेर कारबाही चलाएका थिए । महाशाखाले असार ७ गते काठमाडौंको मूलपानीमा ‘खुँडे’ भनिने अमरबहादुर तामाङलाई गोली नै चलाएर नियन्त्रणमा लिएको थियो ।

शान्ति सुरक्षा मजबुत बनाउने क्रममा एसएसपी सिंहको कार्यकालका बेला ललितपुरको युएन पार्क नजिकै गुण्डा नाइके अशोक लामामाथि गोली प्रहार भएको थियो । उनीमाथि जवाफी कारबाहीस्वरुप गोली प्रहार गरेर पक्राउ गरिएको थियो । असार १५ गते कालीमाटीबाट गुण्डा नाइके राजनकुमार भुजेललाई पक्राउ गरेपछि टोलेगुण्डाहरूमा आतंक मच्चिएको थियो ।

महाशाखाले असार १२ गते ललितपुरका महेशबहादुर सिंह, विरेन्द्रलाल श्रेष्ठलगायतबाट हतियार जफत गरेको थियो । काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट हतियार राख्ने अनुमति लिएर महेशबहादुर सिंहले मिटर ब्याजको धन्दा चलाउँदै आएका थिए । ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद भुक्तान गरी छुटेका गुण्डा नाइके राजु गोर्खालीलाई काठमाडौं मलमा ठगी गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाइयो ।

१९ भदौ २०७५ मा गुण्डा नाइके सत्यमान लामा ठमेलबाट पक्राउ परे । गुण्डा छुटाउन पुगेकी नेकपाकी सांसद नवीना लामालाई एसएसपी सिंहले हप्काएर पठाएका थिए । अपराध महाशाखाका अनुसार काभ्रे तिमाल स्थायी घर भई शंखमुल बस्दै आएका मानबहादुर तामाङ र उनकी दिदी जितमाया तामाङलाई ‘काट्छु–मार्छु’ भन्दै धम्की दिएको जाहेरी परेपछि सत्यमानलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

एसएसपी सिंहले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका नाइके समिरमान सिंह बस्नेतकी श्रीमती माया शेरचनसहित फरार रहेका सुटरहरु उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीलगायतलाई भारतबाट पक्राउ गरी मुद्दा चलाए । ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शिव धिमाल र डिकेन्द्र राईलाई पनि एसएसपी सिंहकै टोलीले पक्राउ गरेर कारबाही गरेको थियो ।

रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाट गर्ने समिरमान समूहका नवराज तामाङ, दिपेश भन्ने सन्त बहादुर तामाङ, बिक्रम श्रेष्ठ र दिपक रन्जितकार र रवि कुमार तामाङ्गलाई डाँका चोरी समेतको कसूरमा महाशाखाले पक्राउ गरी अनुसन्धान गरेको थियो थियो । लुटपाटको यो घटना एकदमै डरलाग्दो भएपनि एसएसपी सिंहको विशेष सक्रियताका कारण आपराधिक गिरोह फन्दामा परेको थियो । यो घटनामा मुछिएका एक डिएसपी पनि निलम्बनमा परेका छन् ।

त्यसैगरी , महाशाखाले नै काठमाडौंको बसुन्धरास्थित बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम बिष्फोट गराउने कार्यमा संलग्न बिशाल तामाङ भन्ने राजिब तामाङ, नुम बहादुर बिकलाई पक्राउ गरी बिष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान कारबाहीको लागि महाराजगञ्ज बृत्त पठाएको थियो । गोंगबुस्थित त्रिबेणी गेष्ट हाउसका सञ्चालक प्रबिण कुँवरको छोरा बर्ष ८ को प्रयास कुँवरलाई अपहरण गरी हत्या गर्ने कार्यमा संलग्न महेन्द्र एस.के.सार्कीलाई महाशाखा २४ घण्टा भित्र पक्राउ गर्न सफल भयो ।

भक्तपुरमा वालक निशान खड्कालाई अपहरण लगत्तै हत्या गरेर फरार रहेका २ जना अभियुक्तको महाशाखाकै टोलीसँगको भुठभेडमा मृत्यु भएको थियो । जुन कारबाहीले समाजमा प्रहरीले राम्रो ग(यो भनेर प्रशंसा भएको थियो । बैकिङ कसूरमा फरार रहेका चर्चित व्यक्ति तत्कालिन किष्ट बैंकका सिइयो कमल प्रसाद ज्ञवालीलाई महाशाखाकै टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याउन सफल भएको थियो ।

शान्ति सुरक्षाको दृष्टिकोणले अत्यन्तै चुनौतीपूर्ण मानिएको प्रदेश २ मा प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) धिरज प्रताप सिंहले सदैव कानुनको दायरा र ओहोदामा रही अघि बढ्ने उहाँ प्रदेश २ आएपछि झन् शिखरको चुचुरोमा पुग्नु भयो ।

अन्यायमा परेकालाई न्याय दिने, दिन दु:खीको सहारा बन्न पाउँदा आनन्दित मात्रै हुनुभएको छैनन् की प्रफुल्लित समेत हुनुभयो । जागीरको यो दौरानमा उहाँ कयौं ठाउँमा सरुवा हुनुभयो । जहाँ बसेपनि जनताको जनताको सेवा गर्नुभयो । उहाँले प्रदेश २ मा आएर पनि धेरै उपलब्धिमूलक कार्य गर्नुभयो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डीआईजी सिंहले सबैलाई कानुनी दायरामा ल्याउने उहाँको यो प्रशंसनीय काममा यहाँका विभिन्न पेशामा आबद्ध संघसंस्था ,संचारकर्मी , बुद्धिजिवी, र ब्यापार ब्याबसायमा होमिएका ब्याबसायी लगायत पदस्थ ब्यक्तिहरुले खुलेरै प्रसंशा गर्छन् ।

त्यति मात्रै होइन छोटो अवधिमै उनलेे बदनाम प्रहरीलाई तह लगाइ छाड्नुभयो, प्रदेश २ प्रहरी प्रमुखको जिम्मेवारी पाए सँगै पहिले आफ्नो संगठनका केही बदनाम साथै बिवादित प्रहरीलाई सुधार गर्नुभयो । लामो समयसम्म प्रदेश २ को ८ वटै जिल्लामा एकछत्र राज गर्नेलाई दरबन्दीमै फिर्ता गर्नुभयो, अन्यत्र दरबन्दी भएकालाई उहाँले तब हटाउनुभयो ।

यस्तै, फरार रहेका अभियुक्तलाई पक्राउ गर्न भारतसँग समन्वय गरी अपराधी समात्न समेत टोली त्यसतर्फ पठाउनुभयो । लामो समयदेखि प्रहरीकै सेटिङ्गमा सञ्चालनमा हुँदै आएको अबैध ढुंगा, गिट्टी, बालुवाको उत्खननलाई समेत भताभुंग नै भयो । चोरी डकैतीमा उल्लेखनीय भुमिका हात पार्न सफल भए, देहब्यापारलाई समेत नियन्त्रणमा लिन सफल भए, जुवाखाल बन्द गराइ छाड्नुभयो भने लागुऔषध बिक्री वितरणमा संलग्न, फरार ब्यक्ति, लगायत गैरकानुनी गतिविधिमा संलग्न ब्यक्तिलाई नियन्त्रणमा लिन उहाँले सूची नै तयार पार्नुभयो ।

उहाँकै कार्यकालमा युवा पुस्तामा देखिएको लागूऔषध दुर्व्यसनले अपराध हुने गरेको र यसलाई पहिलो सूचीमा राखेर कामकार्वाहीलाई अगाडि बढाएको उहाँ बताउनुहुन्छ । त्यसबाहेक बैदेशिक रोजगारमा गएका परिवारको विचलन, यौन हिंसा, महिला हिंसा बढ्दै गएको उहाँको निष्कर्ष छ ।

उहाँले नागरिकस्तरबाट आएका गुनासोलाई यथोचित ढंगले सुनुवाइ गरी ‘अन द स्पोर्ट्’ कानुनी दायराभित्र ल्याउन समेत उल्लेखनीय भुमिका समेत खेल्नुभयो । उहाँको कार्यकालमा प्रदेश २ मा कुनै पनि अपराधीक घटना घट्नु पूर्व पहिल्यै नै सावधानी अपनाउन ठाउँठाउँमा सादा पोशाकका प्रहरी परिचालन मात्रै गरेनन् की प्रदेश २ लाई शान्त र सुरक्षित एवं भयरहित बाताबरणमा नागरिकले बाँच्न पाउने अधिकारलाई समेत आत्मसात गर्दै ‘थ्री एस’ अप्रेसन नै तयार पारी सोही अनुसारको सुरक्षा रणनीति समेत तयार पारे भने , प्रहरीमाथि प्रहरीकै निगरानी गर्न समेत उहाँ लाग्नुभयो ।

कुनै पनि घटना घटिहाले त्यसमा संलग्न अभियुक्तलाई फरार भएको समयदेखि दुई साताभित्र आफ्नो नियन्त्रणमा लिन सफल भइ छाड्ने डीआईजी सिंहले डीएसपी ज्ञानकुमार महतोको कमान्डमा दुई दर्जन सादा पोशाकका प्रहरी परिचालन गर्दै थोरै प्रहरीका बाबजुद ठुलो सफलता हासिल पार्न आफ्नो टिम सफल भएको भन्दै आफ्नो संगठन र उनीहरुले देखाएको क्रियाक्रलाप प्रति प्रशंसा समेत ब्यक्त गर्नुभयो ।

पछिल्लो समय जसरी उहाँ राज्यले दिएको जिम्मेवारी इमान्दारीपुर्वक वहन गर्नुभयो । त्यस्ले नागरिक समेत दंग छन् । जनताको स्नेह र सद्भाव पाउँदा उहाँले आफ्ना थुप्रै निजी आकांक्षाहरुको समेत तिलाञ्जली दिनुभएकै कारण उहाँ शुक्रबार केन्द्रिय अनुसन्धान ब्यूरो ( सिआइबि ) मा रवाना लिएर गएसंँगै स्थानीय डाँको छोडेर रोएका थिए । सिंह जस्ता केही प्रहरी अधिकृत मात्रै भए संगठन आशा लाग्दो किरण झैँ चम्किरहन्थ्यो । डीआईजी सिंह नेपाल प्रहरीको एउटा सक्षम र आशा लाग्दा भविष्यका उज्ज्वल प्रतिक हुन् ।

१४ महिनामा केही उल्लेखनीय कार्यहरु

चर्चित प्रहरी अधिकृत मध्ये एक हुन् डीआईजी धिरज प्रताप सिंह। डीआईजी सिंह अपराध महाशाखाबाट प्रदेश २ प्रमुख भएर गएका थिए ।प्रदेश प्रहरी प्रमुखको लागि चुनैति र अवसर प्रदेश २ पर्दछ । प्रदेश २ को ८ वटै जिल्लाको सीमा भारतसँग पनि जोडिएका कारणले अपराध नियन्त्रण र न्युनिकरणका लागि प्रहरी अधिकारीहरूका लागि सँधैको चुनौति बनेको प्रदेश हो, यो ।

प्रहरी–नागरिक सम्बन्ध विस्तार र सुधारमा प्रहरी संगठन भित्र उनको महत्वपूर्ण योगदान रहेको चर्चा छ ।प्रहरी संगठन शून्य सहनशीलतामा चल्नु पर्छ भन्ने धारणा राख्ने र सबैलाई मिलाएर अघि बढ्न सक्ने क्षमताका प्रहरी नायब महानिरीक्षक ( डिआइजी ) सिंह नेपाल प्रहरीका तल्ला दर्जालाई माया गर्ने प्रहरी अधिकारीका रुपमा परिचित छन् । कुनै पनि विवादमा नतानिएको, तल्ला दर्जाको प्रहरीका लागि सधैं हित चिताउने, जगबाटै राम्रो भयो भने प्रहरी संगठन सर्वोत्कृष्ट बन्न सक्छ भन्ने सोंच राख्ने, कुशल कार्य क्षमता, अपराध नियन्त्रण र अनुसन्धानमा कुनै पनि सम्झौता नगर्ने तथा सबै कुरा कानुन अनुसार नै हुनु पर्छ भन्ने उनको स्वभाव हो । कानुन कार्यान्वयनका सन्दर्भमा निक्कै कठोर रुपमा उत्रदै समाजमा व्याप्त लगुऔषध नियन्त्रण , अन्य अपराध, चोरी तस्करी नियन्त्रण गरेर सिंह चर्चामा रहे ।रौतहटको माधव नारायण नगरपालिका–३ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी शाहको साउन ३ मा हत्या भएको थियो । उनले आफ्नै पैसा लगानी गरेर मन्दिर बनाएका थिए ।

मन्दिर परिसरमा अज्ञात ब्यक्तिले गोली हानेर हत्या गरेका पुजारीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन हिन्दुवादी संगठनले दवाव दिएका थिए । पुजारी हत्या प्रकरण लगायतका ठूला र जघन्य प्रकृतिका घटनाको सफल अनुसन्धानले पनि उनको अपराध नियन्त्रण र अनुसन्धान गर्ने क्षमता अब्बल छ भन्ने सावित गरेको सरोकारावालाहरु बताउँछन् ।प्रदेश २ मा अवैध रुपमा भित्राइने गरेका साना हतियार तथा लागुऔषध, तस्करी नियन्त्रणमा उनको भूमिका महत्वपूर्ण रहयो ।सिंहकै पालामा प्रदेश २ प्रहरीले सञ्चालन गरेका अभियानहरुमा अपराध नियन्त्रण र अनुसन्धानका सवालमा प्रभावकारी बनेर गएका छन् ।लागुऔषध नियन्त्रण, तस्करी नियन्त्रण , घरेलुु मदिरा नियन्त्रण , मापसे (मादक पदार्थ सेवन) परीक्षा अभियान बढी प्रभावकारी देखिएका हुन् ।अभियानले नागरिक–प्रहरी सम्बन्ध सुधारसँगै शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउन सहयोग गरेको सरोकारावालाहरुको भनाइ छ । नागरिक–प्रहरी सम्बन्ध सुधारसँगै अपराध नियन्त्रण, अनुसन्धान र शान्त समाज निर्माणमा प्रहरीका अभियान प्रभावकारी हुँदा सर्वसाधारणले सुरक्षित महसुस गर्न सकेको नागरिक अगुवाको भनाइ छ । यी हुन् प्रदेश २ मा प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहको सफल हुनुका कारण : प्रहरी नायब महानिरीक्षक सिंहलाई धेरै प्रहरी अधिकारीको साथ रहयो । जवानदेखि एसएसपी सम्मले गरेको सहयोग र माथिल्लो स्तरका प्रहरी अधिकारीकै सहयोगले २ नम्बर प्रदेशमा डिआइजी सिंह सफल बनेका हुन् ।
विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न २ नं. प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहले २ नम्बर प्रदेशका ८ वटै जिल्लामा थप सक्रियता बढाएको छ । सरकारले जारी गरेको लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि प्रहरीले सिमानाका देखि गाउँ(सहरसम्म सक्रियता बढाएको थियो ।२ नम्बर प्रदेशका ८ वटै जिल्लामा हुने विभिन्न घटनाका बारेमा ‘अपडेट’ भएर त्यसका बारेमा सार्वजनिक गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग गर्ने जिम्मेवारी बहन गरेका प्रहरी नायब महानिरीक्षक सिंहले गहन ढंगले सोचेर र विश्लेषण गरेर मात्रै बाहिर ल्याउँनाले नै उनि सफल रहेको अकलन गर्न सकिन्छ ।कुन कुराले दूरगामी असर पार्छ भन्ने कुरामा उनी ख्याल गर्छन् । अझैपनि प्रहरी कार्यालयमा आइपुग्ने अनेक झमेला र लफडाको निकास खोज्ने जिम्मेवारी पनि उनकै काँधमा छ । सबैला नगरपालिका वडा नम्बर (७ का २५ वर्षीय अरुण कुमार मण्डललाई गोली हानेर हत्या भएको थियो घटनामा संलग्नलाई पक्राउ र पहिचान गर्न डिआइजी सिंहको भूमिका महत्वपूर्ण थियो ।

त्यसैगरी : २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआईजी धिरज प्रताप सिंहको सक्रियतामा फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन ।रौतहट इँटा भट्टा बम बिस्फोट काण्डका फरार प्रतिवादी निलम्बीत कांग्रेस सांसद मोहम्मद अफताब आलमका सहयोगी पक्राउ परेका छन् ।श्री नारायण सिंह राजपुत समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मो. अफताब आलमसमेत कर्तव्य ज्यान मार्ने उद्योग मुद्दाको सम्बन्धमा मिति २०६४–१२–१७ गते १८ः३० बजेको समयमा जिल्ला रौतहट साविक राजपुर फरहदवा गा.वि.स वडा नं.४ हाल राजपुर नगरपालिका– ४ स्थित शेख ईद्रिसको गोठघरमा २०६४–१२–२८ गते हुने संविधान सभाको चुनावलाई लक्षित धाँधली गरी चुनाव जित्नको लागि प्रतिवादीहरुले विस्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा विस्फोट हुँदा जाहेरवाला श्रीनारायण सिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोक प्रताप सिंह राजपुत समेत १५–१६ जना घाइते भएका थिए ।

सोही घटनामा २–३ जनाको मृत्यु भएकोमा ती मृतक १५–१६ जना घाइतेलाई ट्याक्टरमा हालेर नजिकैको राजा इँटा भट्टामा लगेर जलाएका थिए ।उक्त घटनाका फरार अपराधीहरुलाई खोजतलास गरी पक्राउ गर्ने क्रममा रौतहटस्थित राजपुर नगरपालिका– ६ बस्ने शेष ईसलामका छोरा ३४ वर्षीय शेष सरोज भनिने शेष सराजलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनपुरधामबाट खटिएको टोलीले आज बारा जिल्ला नेपाल–भारत सीमावर्ती क्षेत्र सिम्रोनगढबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ( डिएसपी ) मुकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।पक्राउ गरिएका ती फरार अपराधीले अनुसन्धानको क्रममा घटनाका सबै घाइते र मृतकलाई मो. अफताब आलमकै निर्देशनमा बोरामा हालेर ट्याक्टरमा लोड गरी इँटा भट्टामा लगेर जलाएको बयान दिएको प्रहरी प्रवक्ता मिश्रले बताए । यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
रौतहट इँटा भट्टा बम बिस्फोट काण्डका फरार प्रतिवादी निलम्बीत कांग्रेस सांसद मोहम्मद अफताब आलमका सहयोगी पक्राउ परेका छन् ।श्री नारायण सिंह राजपुत समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मो. अफताब आलमसमेत कर्तव्य ज्यान मार्ने उद्योग मुद्दाको सम्बन्धमा मिति २०६४–१२–१७ गते १८ः३० बजेको समयमा जिल्ला रौतहट साविक राजपुर फरहदवा गा.वि.स वडा नं.४ हाल राजपुर नगरपालिका– ४ स्थित शेख ईद्रिसको गोठघरमा २०६४–१२–२८ गते हुने संविधान सभाको चुनावलाई लक्षित धाँधली गरी चुनाव जित्नको लागि प्रतिवादीहरुले विस्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा विस्फोट हुँदा जाहेरवाला श्रीनारायण सिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोक प्रताप सिंह राजपुत समेत १५–१६ जना घाइते भएका थिए । सोही घटनामा २–३ जनाको मृत्यु भएकोमा ती मृतक १५–१६ जना घाइतेलाई ट्याक्टरमा हालेर नजिकैको राजा इँटा भट्टामा लगेर जलाएका थिए ।उक्त घटनाका फरार अपराधीहरुलाई खोजतलास गरी पक्राउ गर्ने क्रममा रौतहटस्थित राजपुर नगरपालिका– ६ बस्ने शेष ईसलामका छोरा ३४ वर्षीय शेष सरोज भनिने शेष सराजलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनपुरधामबाट खटिएको टोलीले आज बारा जिल्ला नेपाल–भारत सीमावर्ती क्षेत्र सिम्रोनगढबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ( डिएसपी ) मुकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।पक्राउ गरिएका ती फरार अपराधीले अनुसन्धानको क्रममा घटनाका सबै घाइते र मृतकलाई मो. अफताब आलमकै निर्देशनमा बोरामा हालेर ट्याक्टरमा लोड गरी इँटा भट्टामा लगेर जलाएको बयान दिएको प्रहरी प्रवक्ता मिश्रले बताए । यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
त्यसैगरी , कर्तव्य ज्यान मुद्दामा साढे दुई वर्षदेखि फरार रहेका सिरहा मिर्चैया नगरपालिका–१ का एक जनालाई प्रहरीले २०७७ साल जेठ १८ गते आइतबार पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका ब्यूरो टोलि र जिल्ला प्रहरी कार्यालय सिराहाको संयुक्त प्रहरी टोलीले मिर्चैया नगरपालिका– १ का २० वर्षीय इन्दल भनिने रुपेश यादवलाई पक्राउ गरेको हो।सिराहाको मिर्चैया नगरपालिका – ११ सीतापुरस्थित ससुराली घरमा लुकेर बस्दै आएका यादवलाई प्रहरीले सुराकीको आधारमा शनिबार राति पक्राउ गरेको हो। यादवसहितका दुईजनाले २३ असोज २०७४ मा कर्जन्हा नगरपालिका– १० प्रयागपुरका ३६ वर्षीय शशिभूषणप्रसाद साहलाई धारिलो हतियार प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी बिनोद घिमिरेले जानकारी दिनु भयो ।घटनाका आरोपी सोमन भनिने रामइश्वर कापरीलाई प्रहरीले २५ पुस ०७४ मै पक्राउ गरेको थियो।यसै क्रममा , रौतहटको राजपुर फरहदवा बमकाण्डका एक आरोपी पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधामको ब्यूरो टोलीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर – ४ का ५५ बर्षीय मुक्ति साहलाई जेठ २५ गते आइतबार पक्राउ गरेको हो ।

भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका वडा नम्बर – ८ बाट शनिबार राति पक्राउ गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिनु भयो । पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा बुझाइएको उनले बताए ।२०६४ साल चैतमा संविधानसभा निर्वाचन हुने अघिल्लो दिन बम बनाउँदा घाइते भएका मानिसलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोपमा कांग्रेस सांसद मोहम्मद अफताव आलम हाल पुर्पक्षका लागि थुनामा छन् । सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण राजपुतको जाहेरीमा साह पनि अभियुक्त किटान गरिएको थियो ।

पक्राउ परेका साहले तत्कालिन कांग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका २र३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा उद्योगको चिम्नीमा लगी जलाएको बयान दिएको डीआईजी सिंहले बताउनुभयो ।
त्यस क्रममा विस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित १५र१६ जना घाइते र २र३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।घटनापछि साहले आलमकै निर्देशनमा मृतक र घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकैको राजा इँटा उद्योगमा लगी जलाएको बयान प्रहरी समक्ष दिएको प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।‘न्यायपालिकाले गरेको निर्णय कार्यान्वयन भएन भने नागरिकले न्यायापालिकामा माथिनै विश्वास नगर्न सक्छन्, अर्कोतर्फ अदालतले दोषी ठहर गरेका अपराधी समाजमा रहँदा आफूले गरेको सजाय कार्यान्वयन नहुँदा राज्य कमजोर छ भन्ने बुझिन्छ । व्यवस्था नै फितलो हुन जान्छ । त्यस्तै अपराध गर्दा पनि केही नहुने रहेछ भन्ने भावनाको विकास उनीहरुमा हुने भएकोले सामाजिक विकृति बढ्न सक्छ,’ उनले भने, ‘ कानुनी राज्यको अनुभूति दिलाउन र समाजमा शान्ति सुव्यवस्था कायम राख्न पनि फारार अभियुक्तलाई पक्राउ गर्न अभियान नै चलाउने गरेका छौं, यसमा प्रहरी सफल पनि देखिएको छ ।

त्यसैगरी : प्रदेश २ प्रहरी प्रमुखको कमाण्ड सम्हालेको चार महिना नबित्दै ८ जना प्रहरीहरुको जागीर गएको छ, भने १४ जना प्रहरीहरु निलम्बनमा परेका छन् । प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्मका निलम्बनमा परेका हुन् । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले उपलब्ध गराएको तथ्यांक अनुसार २०७७ बैशाख ११ गतेदेखि साउन २३ गतेसम्ममा प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्मका ७५ जना प्रहरीहरुलाई विभागीय कारबाही समेत गरिएको छ ।सचेत गराइएको, नसिहत, ग्रेड घटुवा, पदोन्नति रोक्का, सेवाबाट हटाइएको, निलम्बन र स्वतः निलम्बन लगायतका कारबाही गरिएको छ । कारबाहीमा प्रहरी कार्यालय सहयोगी १, प्रहरी जवान ६ र प्रहरी सहायक निरीक्षक १ जना गरि जम्मा आठ जना प्रहरीको जागिर नै गएको हो ।भ्रष्टाचार विरूद्धको शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरेका डिआइजी सिंहले लकडाउनको समयमा तस्करलाई भारततर्फ सामान ओसारपसार गर्ने काममा सर्लाही प्रहरीको संलग्नता रहेको प्रमाण फेला परेपछि चार जना प्रहरीलाई गत जेठ २१ गते बुधबारका दिन निलम्बन गरेका थिए ।
त्यस्तै सर्लाहीकै चन्द्रनगर गाउँपालिका वडा नं. ५ स्थित मोहनपुरमा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सुरेश सहनीले नेपाल प्रहरीको व्यवसायिक नीतिविरुद्ध गरेको विभिन्न गतिविधिको यथेष्ट प्रमाण भेटिएकोले असई सहनीलाई साउन २३ गते शुक्रबारका दिन निलम्बन गरि थप कारबाही प्रकृया अगाडि बढाईएको छ । निलम्बनमा परेका १४ जना प्रहरीहरुमध्ये ५ जना प्रहरीहरु जिल्ला प्रहरी कार्यालय सर्लाहीको मातहतमा रहेको विभिन्न प्रहरी चौकीमा कार्यरत रहेका थिए ।आठ वटै जिल्लाका तस्कर, दलाल, गुण्डा, फरार अपराधी, र रक्सी भट्टी लगायतलाई समेत उनले निशाना बनाएका छन् । अपराध र अपराधीसँग कुनै पनि साँठगाँठ र सम्झौता नगर्नसमेत उनले मातहतका आठ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई कडा निर्देशन दिएका छन् । छिमेकी राष्ट्र भारतको बिहार प्रान्तमा स्थानीय सरकारले रक्सीमा प्रतिबन्ध लगाएपछि त्यसको असर सीमा जोडिएका प्रदेश २ का आठ वटै जिल्लालगायत अन्य जिल्लाहरुमा पनि परेको छ ।

सिंहले मातहतका आठ वटै जिल्लाको जिल्ला प्रहरी कार्यालयमा हुने छलफलमा विचौलिया ‘दलाल’हरुलाई अनिवार्य निषेध गर्नुपर्ने सर्कुलर समेत जारी गरेका छन् । उनिसँग फोनमार्फत भएको कुराकानीमा दलाललाई कसरी पहिचान गर्न सकिन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘झगडा मिलाउन तेस्रो व्यक्ति आउनु भनेको दलाल हो ।’दलालको माध्यमबाट आर्थिक लाभको प्रलोभनमा परेर प्रहरीले पनि सहि गलत छुट्याउन नसकेको नजिरहरु रहेको उनले बताए । उनले भने, नेपाल प्रहरीको क्षेत्राधिकार भन्दा बाहिर गएर कुनै पनि किसिमको छलफल समेत नगर्न गराउन मातहतका आठ वटै जिल्ला प्रमुखहरुलाई निर्देशन दिइसकिएको उनको भनाइ छ ।सिंहले प्रदेश २ मा लागूऔषध, घरेलु हिंसा, बालविवाह लगायतका विभिन्न चुनौती रहेको बताए । उनले यस्ता कुरितीहरुको न्यूनिकरणका लागि प्रहरी र जनताबीचको सहकार्यको खाँचो रहेको उल्लेख गरे । सिंहले प्रहरीको एकल प्रयासबाट मात्रै यस्ता विकृतिको अन्त्य हुन नसक्ने भएकोले प्रहरी र जनता मिलेर सहकार्य गर्दै अघि बढनु पर्नेमा जोड दिए ।


प्रहरीलाई बर्दीसहितको नागरिक तथा नागरिकलाई बर्दी बिनाको प्रहरीको रुपमा चित्रण गर्दै उनले प्रहरी र नागरिकको सहकार्यबाट समाजमा शान्ति कायम हुने विश्वास व्यक्त गरे । भ्रष्टाचार र अपराध विरूद्धको शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरेका डिआइजी सिंहले २०७७ बैशाख ११ गतेदेखि प्रदेश २ को कमाण्ड सम्हालेका हुन् । प्रदेश २ को कमाण्ड सम्हालेदेखि प्रदेश स्तरमा शान्ति सु–व्यवस्थामा सुधार, चोरी पैठारी, तस्करी, डकैती, अपहरण, फोन धम्की, चन्दा आतंक, सीमावर्ती अपराध, संगठित अपराध र बलात्कारजस्ता घटनाहरुमा न्यूनीकरण भएको छ ।

प्रदेश २ को कमाण्ड सम्हालेका सिंह प्रदेश २ मा मात्र नभएर देशभरीमा समेत ‘सेलिब्रेटी’को रुपमा पहिचान बनाउन सफल भएका छन् । कुख्यात तथा अन्तर्राष्ट्रिय अपराधी आरके यादवलाई पक्राउ गर्न सफल भएकै कारण उनलाई मधेसका बासिन्दाले ‘सिंघम’ नाम उपहार दियो । अहिले उनलाई धिरज प्रताप सिंह होइन, सिंघम सिंहको नामको नयाँ परिचय थपिदियो । डीआईजी सिंहले आरके यादवलाई पक्राउ गर्न साथ मधेसीबाट भागेर भारत बसेका आपराधिक ग्याङ्को होस हवास उड्न थालेको जानकारहरु बाताउँछन् ।


आखिर कसरी पक्राउ पर्यो तसिरहाको झिजोल गाउँका निवासी सामोननाथ यादवलाई आरके यादव र उमेश यादवले वरियापट्टी गाउँबाट अपहरण गरेका थिए। त्यस पछि उनको परिवारका सदस्यबाट १ करोडको फिरौतीको माग गरिएको थियो। यसैबीच, नेपाल प्रहरीले अपहरण गरेको सोमनाथलाई भारतको सुपौल जिल्लामा कतै अपहरणकारीहरूले लुकाएर राखेको जानकारी पाए। इन्टरपोल नयाँदिल्लीले जारी गरेको रेड कार्नर सूचना पछि सुपौल एसपी मनोज कुमारलाई यसबारे पूर्ण जानकारी दिइयो।
यसैक्रममा ; सोमनाथ यादवको अपहरण गरि शरिर वन्धक बनाई वेपता बनाएको कसुरमा भारतीय प्रहरीसंग २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) धिरज प्रताप सिंहले समन्वय गरि यादवको अपहरणमा संलग्न भारतीय नागरिक उमेश यादवलाई प्रदेश २ प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिराहामा अनुसन्धान भैरहेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) धिरज प्रताप सिंहले कुख्यात अपराधी रामकुमार यादवलाई पक्रन सुपौल पुलिसको सहयोग लिएको थियो। त्यसपछि एसपी मनोज कुमारले डीएसपी रामानन्द सिंह कौशलको नेतृत्वमा एसआईटी गठन गरे र आफैंले अनुगमन गर्न थाले। यसैबीच एसआईटीले सूचना पाए कि अपहरण पछि सोमनाथ यादवलाई सुपौल र मधुबनी जिल्लाको केही ठाउँमा राखिएको छ र हरेक दिन बसोबास गर्ने ठाउँ बदल्छ। पुलिसलाई सूचना प्राप्त भयो कि उमेश यादवको घर निर्मलीको महुआ गाउँमा राखिएको छ। अपहरणकारीका बाबु हरि नारायण यादवको बयानमा निर्मली प्रहरी चौकीमा पनि मुद्दा दर्ता भएको छ। यस अपहरणमा संलग्न मधुबनी जिल्ला निवासी सतीश यादव पक्राऊ परेका थिए।
सोमनाथ यादवको हत्या भइसकेको थियो
यस घटनामा पक्राउ परेका सतीश यादवसंग प्रहरीले सोधपुछमा हत्याको स्वीकार गर्दै सोमनाथको हत्या गरेपछि उनको लास कोसी नदीमा फ्याँकिएको बताए। त्यसपछि पुलिसले गोताखोरको सहयोगमा ठाउँ खोज्यो, तर कोसी नदीमा पानीको कारण शरीर भेटिएन।
त्यसपछि पुलिसले अनुसन्धान जारी राखी अपहरणको मोबाइल आरके यादवको ससुरालबाट बरामद गरेको छ । सिरहाको गोठटोलमा रहेको आरके यादवको घरमा प्रहरीले छापा मारे तर आरके यादव फेला परेन।

आरके यादव भारतको नयाँदिल्लीमा लुकिरहेका थिए
त्यसै क्रममा सुपौल र प्रदेश २ प्रहरीले आरके यादवको खोजी गर्दै थिए, तब आरके यादव नयाँदिल्लीमा थिए। सूचना पाउने बित्तिकै सुपौल पुलिस र प्रदेश २ प्रहरीको सन्युक्त टोलिले उनलाई नयाँदिल्लीबाट पक्राउ गरी सुपौलमा ल्यायो।
भारतलगायत नेपालमा दर्जनौं मुद्दा दर्ता भएका छन्
अपराधी आरके यादव पक्राउ मात्र नेपालको लागि मात्र होइन इन्टरपोल र धेरै ठूला संस्थाहरुको लागि ठूलो सफलता हो। त्यसमाथि नेपाल र भारतमा दर्जनौं हत्या, अपहरण, डकैती, बम बिष्फोटनका घटनाहरू दर्ता भएका छन्। यस गिरफ्तारीले फेरि नेपाल र भारतको सहयोगलाई सुदृढ पार्नेछ। भनिएको छ कि एसपी मनोज कुमारले पक्राउ परेका आरोपीलाई जेल पठाउने कि नेपाल प्रहरीको जिम्मा लगाउने बारे पछि निर्णय गरिने बताए । साथसाथै उनले भने कि यी अपराधीहरुलाई पक्राउमा नेपाल र भारतबीचको सहयोग अझ बढ्ने छ।
नेपालमा
घटना -१ : राम कुमार यादव जिल्ला सप्तरी सुरुङगा न.पा.वडा नं.०६ बस्ने देव नारायाण चौधरको छोरा वर्ष २६ को दिपेन्द्र कुमार चौधरी , सप्तरीको खडग नगरपालिका वडा नं. – ३ बस्ने जुगेश्वर साहको छोरा वर्ष ३७ को अशोक साह , सकिर मिया , सुनसरीको सिगिया गाबीस – ५ बस्ने बलु चौधरीको छोरा वर्ष ४१ को पशुपति चौधरीले मिति २०७५।१०।०९ गते प्रहरी चौकी विसनपुर , सप्तरीबाट प्र.स.नि. विर बहादुर कार्कीको कमाण्डमा खटिएको गस्ति प्रहरी टोलीलाई लक्षित गरि मोटरसाईकलमा २ जनाको संख्यामा आएका अपरिचित हतियारधारी समुहले गोली प्रहार गरि प्रहरी चौकी विसनपुर सप्तरीमा कार्यरत प्र.ह. महेन्द्र प्रसाद सतरालाई गम्भिर घाईते बनाई भागी फरार भएकोमा सो घटनामा संलग्न अपराधीको खोजतलास तथा पहिचान गर्ने क्रममा सिरहाको सुखीपुर महादेवा स्थित गोठ टोल बस्ने सिजन भनने राम कुमार यादव समेतको संलग्नतामा प्रहरी हवलदार महेन्द्र प्रसाद सतरालाई गोली प्रहार भएको पाइएको थियो ।


घटना २ : सिरहाको सखुवान्नकट्टी गाबीस वडा नं. ०१ बस्ने सुखै यादवको छोरा वर्ष ३१ को बिन्देश्वर यादवलाई फुलहाकट्टी गा.वि.स. वडा नं.०५ बस्ने रामेश्वर यादवको छोरा वर्ष ३० को राम कुमार यादव ,बिन्दे भन्ने विन्देश्वर यादवले बिन्देश्वर यादवलाई अपहरण गरी लगि शरिर बन्धक वनाई फिरौती बापत २ लाख ५० हजारलिई मिती २०६८।७।१ गते सप्तरीको मलहनीया भन्ने ठाउबाट मुक्त भएको थियो । त्यसपछि रमेश्वर यादवले रामकुमार र बिन्देमाथी जिल्ला प्रहरी कार्यालय सप्तरीमा मुद्दा हालेको थियो ।
घटना ३ : जिल्ला सिरहाको धनगडीमाई न.पा. वडा नं.०९ बस्ने सुरन महतोको छोरा वर्ष ४३ को बेचन भन्ने रामवृक्ष यादव ,सिरहाको धनगडीमाई न.पा. वडा नं.०५ बस्ने रामेश्वर यादवको छोरा वर्ष ४२ को राम कुमार यादवले मिति २०७५।०४।२५ जिल्ला सिरहाको धनगढीमाई नगरपालिका – १३ स्थितमा बेचन भन्ने रामबृक्ष महतोको भाई प्रदिप कुमार यादवलाई गोली हान्दा घाईते बनाएका थिए ।
घटना ४ : सिरहाको धनगडीमाई नगरपालिका वडा नं.०५ बस्ने रामेश्वर यादवको छोरा वर्ष ४२ को राम कुमार यादव ,जिल्ला सिरहा धनगडीमाई न.पा. वडा नं.११ बस्ने बिल्टा धामि चौधरीको छोरा वर्ष ४६ को छतरु नारायण चौधरीको सवारी साधनहरु चेक जाचँ गर्ने क्रममा पुर्वबाट पश्चमि तर्फ आउदै गरेको स ५ प ३७४१ नं. को मोटर साईकल रोकी चेक चाज गर्दा उक्त मोटर साईकल चालक चितुर नारायण चौधरीले बोकेको कालो रातो रंगको झोलाबाट हतियार थान १, ऐ. को म्याग्जनि थान २, ऐ. को गोली ५ , स्वतन्त्र तराई निर्माण सेना केन्द्रिय व्युरो लेखएिको पर्चा २ समेत फेला परेको थियो ।
घटना ५ : सिरहाको धनगडीमाई नगरपालिका वडा नं.०५ बस्ने रामेश्वर यादवको छोरा वर्ष ४२ को राम कुमार यादव,सिरहाको धनगडीमाई न.पा. वडा नं.०९ बस्ने सुनार महतोको छोरा वर्ष ४३ को रामवृक्ष महतोले सिरहाको धनगडीमाई न.पा. वडा नं.१३ बस्ने राम प्रसाद यादवको छोरा वर्ष १७ को बलरामधन यादवलाई मिति २०७५।०४।२५ गते धनगढी ५ स्थित वेचन यादवको भाई प्रदिप कुमार यादवलाई गोली हानि प्रदिप कुमार यादवलाई घाइते बनाएका थिए ।
घटना ६ : सिरहाको सुखिपुर नगरपालिका वडा न ५ स्थित जि.सि. अयोध्यानगर ८ बस्ने वर्ष २९ को प्रदिप कुमार यादवको भाइ गंगा प्रसाद यादवलाई अपहरण गरि राम कुमार यादवले हत्या गरेको थियो ।
घटना ७ : सिरहाको जिम्झौल गा.वि.स. ४ वस्ने वर्ष ३८ को अर्जुन भन्ने अशिन्द्र यादवलाई प्रहरीले हतियार सहित पक्राउ गरेको थोयो । यादवको बयान बाट खुल्न आएको मिति : २०६७/११/०६ गते अर्जुन भन्ने असेन्द्र यादव र राम कुमार यादव रहेको थियो ।
घटना ८ : सिरहाको कचनारी ३ वस्ने राम स्वरूप भगतलाई २०६७/१०/१५ गते रामकुमार यादव र अर्जुन भन्ने असेन्द्र यादवले अपहरण गरेको थियो । पछी अपहरण मुक्त भई यादवले दुबै जनामाथि जाहेरी दिएको थियो ।
घटना ९ : मिति २०६८।०५।०३ गते जिल्ला सिरहाको लहान स्थितबाट सिरहाको तनवापट्टी २ वस्ने सन्जीव यादवको भाई सन्दीप यादवलाई अपहरण गरी हाल सम्म अपहरण मुक्त भएको छैन् । मुलुकी ऐन २०२० को अपहरण तथा शरिर बन्धक लिने महलको १,२,३ र ७ बमोजिम कसुर गरेकोले ऐ.ऐनको महल ३ बमोजिम माग दाबी लिएको थियो ।
घटना १० : जिल्ला सिरहाको गोलबजार न.पा.४ स्थितमा रामकुमार यादवले बम विष्फटन गराएको थियो ।
घटना ११ : मिति २०७७।१२।०१ गते जिल्ला सिरहाको लहान नगरपालिका – वडा नं.८ स्थित २ नं. रोडमा रहेको मालपोत कार्यालय लहानको भवनको पहिलो तल्लामा बिष्फोटन गराएको , त्यसमा ८ जना सेवाग्रही घाईते समेत भएका थिए ।


घटना १२ : मिति २०७७।०९।०७ गते जिल्ला सिरहाको सुखिपुर नगरपालिका वडा नं.७ स्थित सुखिपुर नगरपालीकाको कार्यालयको पहिलो तल्लामा प्रेशरकुकर बम राखि तराई जनतान्त्रिक मुक्ति मोर्चा लेखिएको जय कृष्ण गोईतको हस्ताक्षर रहेको पर्चा समेत फेला परेको थियो । मुख्य योजनाकार रहेका राम कुमार यादव हाल भारत सिसवा वरही ग्राम थाना फुलप्रास अनुमण्डल अफिसको नजिक अं. ५०० मिटर एवं वरियार टोलमा राजकुमार यादव भनेर चिनिने राम कुमार यादव हाल भारत देवि प्रसाद यादवको छोरी रुणा देवि यादव संग विवाह गरी वस्दै आएको थियो ।


प्रदेश २ मा शान्ति सुरक्षा कायम गर्न ८ वटै जिल्लाका विभिन्न ठाउँठाउँमा सिसिटिभी जडान गराइएको छ । डीआईजी सिंहका अनुसार आफुले कानुनी परिधिभित्र रहेर कामहरु गरेका छौँ । सेवाग्राहीहरुले यसको मुल्याकंन गर्नेछन् ।

नेतृत्वले चाहेको खण्डमा अपराध जतिसुकै पुरानो होस् त्यसको जरोसम्म अनुसन्धान पुग्छ भन्ने कुरा सिआईबीको पछिल्लो सक्रियताले पुष्टि गर्छ । विगतमा अपराधीसम्म पुगेको त्यही शक्तिलाई उच्च तहबाट आदेश गयो इच्छा राजलाई पक्राउ नगर्नु । तर यस पटक प्रदेश २ बाट सरुवा भएर गएको डिआईजी सिंह डटेर लागे ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को महाराजगन्जस्थित कार्यालयमा पछिल्ला दिन सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडविरुद्ध जाहेरी दिनेहरूको भिड लाग्ने गरेको छ । संगठित रूपमा निक्षेपकर्ताको सात अर्ब रुपैयाँभन्दा धेरै रकम ठगी गरेको भन्दै ब्युरोले गत १९ असोजमा सहकारीका संस्थापक अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । त्यसलगत्तै ब्युरो कार्यालयमा पीडितको भिड लाग्न थालेको हो ।

सिआइबी प्रमुख धीरजप्रताप सिंह भन्छन्– ठगिनेमा पूर्वप्रशासक, सैनिकदेखि युएनका कर्मचारीसम्म

सहकारीको सक्रिय निक्षेपकर्ता २२ सयको हाराहारीमा छन् । अहिलेसम्म एक हजारभन्दा धेरै पीडितले जाहेरी दिएका छन् । जाहेरीमा उल्लेखित रकमको परिमाण साढे चार अर्ब रुपैयाँ पुगिसकेको छ । ठगिनेमा पूर्वप्रशासकदेखि सैनिक अधिकारीसम्म छन् । एनजिओ र आइएनजिओ मात्र होइन, युएनका कर्मचारीसमेत सिभिल सहकारीको ठगीमा परेका छन् । ठगिने कोही विदेशमा छन् । सम्बन्धित दूतावासबाट कागजात प्रमाणितपछि उनीहरूको जाहेरी अनलाइनमार्फत लिने तयारीमा छौँ ।

ब्युरोका अनुसार मंगलबारसम्म सहकारीविरुद्ध एक हजार ६१ पीडितले जाहेरी दिइसकेका छन् । सबैको जाहेरीमा उल्लेखित रकमको एकमुष्ट परिमाण चार अर्ब ४५ करोड ३२ लाख ३४ हजार नौ सय २६ रुपैयाँ छ । यो दर दैनिक बढ्दै गएको ब्युरो प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताए ।

‘ब्युरो कार्यालय सिभिल सहकारीपीडितको भिडले भरिने गरेको छ । अहिलेसम्म एक हजारभन्दा धेरै पीडितले जाहेरी दिइसकेका छन् । जाहेरीमा उल्लेखित रकमको परिमाण साढे चार अर्ब रुपैयाँ पुगिसकेको छ । यो दर दैनिक बढ्दै गएको छ । हामी अनुसन्धान गरिरहेका छौँ,’ डिआइजी सिंहले भने ।

सहकारीको करिब तीन हजार निक्षेपकर्तामध्ये दुई हजार दुई सय निक्षेपकर्ता सक्रिय छन् । त्यसैले हालसम्म सहकारीविरुद्ध जाहेरी दिन ब्युरो कार्यालय पुगेका पीडितको संख्या पचास प्रतिशत मात्रै हो । बीचमा दसैँ बिदा भएकाले थप पीडित आउन बाँकी रहेको ब्युरोको अनुमान छ ।

डिआइजी सिंहले भने, ‘सहकारीको सक्रिय निक्षेपकर्ता नै २२ सयको हाराहारीमा छन् । हामीकहाँ अहिले एक हजारको हाराहारीमा पीडित आएका छन् । यो भनेको कुल पीडितको पचास प्रतिशत हिस्सा मात्रै हो । दसैँ बिदा परेकाले पीडित आउन केही समय लागेको हुन सक्छ ।’

ब्युरोका अनुसार सहकारीबाट पीडित हुनेमा नेपाली सेनाका पूर्वजर्नेल, संयुक्त राष्ट्रसंघका वर्तमान तथा पूर्वकर्मचारी, नेपाल सरकारका उच्च तहका वर्तमान तथा पूर्वप्रशासक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालगायतका रहेका छन् । सहकारीमा एकै परिवारको पाँच करोड रुपैयाँसम्म डुबेको अनुसन्धानबाट खुलेको छ । एक करोड रुपैयाँभन्दा धेरै ठगिनेको संख्या मात्रै एक सयभन्दा धेरै पुगेको ब्युरोले जनाएको छ । ठगिनेमध्ये कतिपय विदेशमा छन् । सम्बन्धित दूतावासमार्फत प्रमाणित गराई सिआइबीले त्यस्ता पीडितको अनलाइनबाटै जाहेरी लिने तयारीसमेत गरेको छ ।

‘ठगिनेमा नेपाल सरकारका पूर्वप्रशासकदेखि सैनिक अधिकारीसम्म छन् । एनजिओ र आइएनजिओ मात्र होइन, कोही त युएनका कर्मचारीसमेत सिभिल सहकारीको ठगीमा परेका छन् । ठगिनेमध्ये कोही विदेशमा छन् । सम्बन्धित दूतावासबाट कागजात प्रमाणितपछि उनीहरूको जाहेरी हामी अनलाइनमार्फत नै लिने तयारी गरिरहेका छौँ,’ डिआइजी सिंहले भने ।

निक्षेपकर्ताबाट संकलन गरेको पैसा सहकारीबाट सञ्चालक इच्छाराज आफैँले ऋण लिएर घरजग्गामा लगानी गरेका थिए । सिभिल होम्स, सिभिल अपार्टमेन्ट र सिभिल रियल स्टेटका नाममा ऋण लगाएका थिए । यी तीनवटै कम्पनीका सञ्चालक इच्छाराज हुन् । ब्युरोका अनुसार इच्छाराजले विनाधितो सहकारीबाट पहिलोपटक चार अर्ब ७२ करोड, दोस्रोपटक एक अर्ब ३० करोड, तेस्रोपटक एक अर्ब पाँच करोड र चौथोपटक ९५ करोड रुपैयाँ गरी कुल आठ अर्ब दुई करोड रुपैयाँ ऋण लगेको देखिन्छ ।

दुई अर्ब रकमको खोजीमा प्रहरी
पक्राउ परेका इच्छाराजसहित १२ अभियुक्तकै सम्पत्ति ब्युरोको टोलीले खोजिरहेको छ । प्राप्त विवरणअनुसार सहकारीबाट मात्रै इच्छाराजले साढे आठ अर्ब रुपैयाँ लिएको देखिन्छ । यस अवधिमा उनले सिभिल होम्सका मात्रै ११ सय घर बिक्री गरेको देखिन्छ । एउटा घरलाई उनले सरदर एक करोड रुपैयाँमा बेचेका थिए । जसबाट उनले ११ अर्ब रुपैयाँ संकलन गरेका थिए । सहकारी र सिभिल होम्सको मात्रै जम्मा पुँजी गणना गर्दा साढे १९ अर्ब रुपैयाँ हुन आउँछ । तर, अनुसन्धानमा जुटेको प्रहरीले उक्त रकमबराबरको पुँजी अहिलेसम्म भेट्टाउन सकेको छैन । ब्युरो कार्यालयमा हालसम्म परेको जाहेरीमै पनि इच्छाराजले साढे चार अर्ब रुपैयाँ ठगी गरेको देखिन्छ । तर, प्रहरीले हालसम्म उनको करिब साढे दुई अर्ब रुपैयाँबराबरको मात्रै सम्पत्ति भेट्टाउन सकेको छ । बाँकी दुई अर्ब रुपैयाँ कहाँ छ ? प्रहरी यसैको खोजीमा जुटेको छ ।

ब्युरो प्रमुख डिआइजी सिंहले भने, ‘इच्छाराजले सहकारीबाट आठ अर्ब लगेको देखिन्छ । सिभिल होम्स बेचेर आएको पैसा जोड्दा रकमको परिमाण झन् ठूलो देखिन्छ । तर, त्यति रकम पुष्टि गर्ने खालको सम्पत्ति भने भेटिएको छैन । कहाँ गयो यति ठूलो रकम ? हामी खोजीमा जुटेका छौँ ।’

०५७ मा स्थापना भएको सिभिल सहकारीमा विगत तीन वर्षअघि समस्या सुरु भएको थियो । अन्य सहकारीभन्दा महँगो ब्याज दिएर उसले सात अर्बभन्दा धेरै निक्षेप संकलन गरेको थियो । आफ्नो पुँजीको १० प्रतिशत रकम मात्र सदस्यहरूलाई कर्जा लगानी गर्न पाउने व्यवस्था भए पनि सिभिल होम्सलाई मात्र आठ अर्ब लगानी गरिएको थियो ।

२१ वटा कम्पनीमा इच्छाराजको लगानी, ४४ वटा बैंक खाता
सिआइबीका अनुसार इच्छाराजले सहकारीबाट साढे आठ अर्ब रुपैयाँ ऋण तीनवटा कम्पनीको नाममा लगेको देखिए पनि लगानी भने विभिन्न २१ वटा कम्पनीमा गरेको खुलेको छ ।

त्यसबाहेक उनले सिभिल होम्स, रियल स्टेट र अपार्टमेन्ट बेचेको रकम पनि उक्त कम्पनीमा लगानी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यसका लागि उनले विभिन्न बैंकमा ४४ वटा खाता खोलेकोसमेत भेटिएको छ । बैंकमा रहेको रकमको स्रोत प्रहरीले मिहिन ढंगले अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।

सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङ जेल चलान

सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै तीन साता लामो थुनछेक बहसपछि उनीहरूलाई जेल चलानको आदेश दिएको हो ।

सिआइबीले पक्राउ गरेका १२ मध्ये नौजनालाई धरौटीमा छाड्ने तथा एकजनालाई साधारण तारेखमा छाड्ने अदालतको आदेश छ । पक्राउ परेका हरिहरप्रसाद लामिछानेसँग ५० लाख, विजयविक्रम शाहसँग १५ लाख, भगवानबहादुरसिंह डंगोलसँग १० लाख धरौटी माग भएको छ ।

लामिछाने सहकारीको लेखा समिति सदस्य थिए भने शाह सिभिल होम्सका वरिष्ठ प्रबन्धक हुन्् । त्यस्तै, कर्मचारीहरू एलिना तुलाधर, मयोनानी महर्जन, बुद्धराज तामाङ र कौस्तुभकेतन ढुंगानासँग प्रतिव्यक्ति पाँच–पाँच लाख तथा शंकरप्रसाद पाठकसँग दुई लाख ५० हजार र राकेश महर्जनसँग ५० हजार धरौटी माग भएको छ । सहकारीका कार्यालय सहयोगी संगीत श्रेष्ठ साधारण तारेखमा छुटेका छन् । प्रहरीले पक्राउ गर्नुभन्दा केही महिनाअघि मात्र उनी सहकारीमा आबद्ध भएका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धानका आधारमा गत महिना मुद्दा दायर गरेको थियो । सिआइबीमा एक हजार पाँच सयभन्दा धेरै निक्षेपकर्ताले पाँच अर्ब ७७ करोड ठगी भएको भन्दै जाहेरी दिएका थिए ।

पूर्वसांसदसमेत रहेका तामाङले आकर्षक ब्याजको प्रलोभनमा सहकारीमा पैसा जम्मा गर्न लगाई सहकारीको नियमविपरीत कर्जा आफ्नै कम्पनीको नाममा प्रवाह गरेका थिए । ती कम्पनीबाट भएको आम्दानी लुकाएर सहकारीको कर्जा नतिरेपछि संस्था समस्यामा परेको थियो ।

त्यसैगरी ; सिआईबीले उच्च अदालत पाटनको फैसलाले १४ दिन कैद र ९२ लाख रुपैयाँ जरिवाना ठहर भएर फरार हुँदै आएका मोरङ घर भई काठमाडौँको बालाजु बस्ने शक्ति भुजेललाई आज पक्राउ गरेको हो ।भुजेललाई काठमाडौँको बोहोराटारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ । भुजेल विसं २०७६ मा विभिन्न व्यक्तिलाई अष्ट्रेलिया पठाइदिन्छु भनी रकम लिएको र पर्याप्त मौज्दात नहुँदानहुँदै पनि पीडितलाई चेक काटेर दिएका थिए । उनले दिएका चेक बाउन्स भएकाले बैंकिङ कसूर तथा सजाय ऐन अन्तरगत सजाय हुने फैसला भएको थियो ।

त्यसैगरी ; नेपाल प्रहरीले इतिहासकै एउटा हाइप्रोफाइल घोटलाको अनुसन्धान पूरा गरेको छ, यो अनुसन्धानको निष्कर्ष के रह्यो? 


वास्तवमै यो अनुसन्धान एकदमै चुनौतीपूर्ण थियो । भूमिसम्बन्धी विषयमा यति विस्तृत अनुसन्धान पहिला सायद कहिल्यै भएको थिएन । विभिन्न सरकारी कागजपत्र किर्ते गरेर करिब एक सय ३६ रोपनी जग्गा व्यक्तिको नाममा लगिएको हाम्रो निष्कर्ष छ । यसका लागि यथेष्ट प्रमाण हामीले संकलन गरेका छौँ । ९० वर्षअघिदेखिका कागजपत्रको अध्ययन गरेर हामीले अनुसन्धान निष्कर्षमा पुर्‍याएका छौँ । यसमा हाम्रा अनुसन्धान अधिकृतहरूको ठूलो मिहिनेत परेको छ । यो किर्ते घटनामा संलग्न दोषी ठहर हुने र सरकारको जग्गा फिर्ता आउने हाम्रो विश्वास छ । 

त्यसैगरी ; वर्किङ भिषामा अमेरिका पठाने भन्दै ठगी गर्ने समुहलाई केन्द्रिय अनुसंधान ब्यूरोले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी ब्यूरो (सिआइवी)ले अमेरिका पठाउने र अमेरिकामा जेलमा रहेका ब्यक्ति छुटाइ दिने भन्दै ठगीको धन्दा चलाइ रहेका कास्कीका पुकार गुरूङ, प्रकाश गुरूङ र कपिलबस्तुका बिकास भनेर चिनिने बिनोद भुसाललाई पक्राउ गरेको हो ।

केन्द्रिय अनुसंधान ब्यूरोका प्रमुख डीआईजी धिरज प्रताप सिंहले दिनुभएको जानकारी अनुसार यी तीन जना मिलेर बिनोद भुसालबाट पटक पटक गरी जम्मा ७४ लाख ९ हजार ५ सय रुपैया बैंकमा जम्मा गर्न लगाएका थिए । भुसालले साउन १ गते ब्यूरोमा उजुरी गरेपछि व्यूरोबाट खटी गएको टोलीले बिहीवार पोखरा महानगरपालिकाको विभिन्न स्थानबाट तीनै जनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाईएको डीआईजी सिंहले जानकारी दिए ।

सिआइवीका अनुसार अनुसन्धानको क्रममा अभियुक्त बिनोद भुसाललाई संयुक्त राज्य अमेरिकामा थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी २५ लाख रुपैया ठगी गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको पाइएको छ।

यसैगरी पीडितलाई अमेरिकामा रहेकी भनिएकी दिव्या राणाले कृषी फर्ममा वर्क परमिट भिषा दिलाउँछु भनी प्रलोभन देखाई काठमाडौंमा रहेका बिनोद भुसालसँग सम्पर्क गरी भने बमोजिम गर्नु भनी विश्वास दिलाएको र निज विनोद भुषालले विभिन्न व्यक्तिहरुको खातामा रकम समेत जम्मा गर्न लगाई ठगी गरेको तथ्य खुलेको छ।

अभियुक्तहरुले अमेरिकन एम्बेसी, काठमाडौंको नक्कली कागजातहरु बनाई पीडितहरुलाई झुक्याएको पाइएको पनि सिआइवीले जनाएको छ ।

त्यसैगरी ; मिटरब्याजी गणेश उप्रेतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । मेलुङ–१ दोलखा घर भई हाल भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई साढे १९ करोडका चेकसहित शुक्रबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।

सीआईबी टोलीले उप्रेतीलाई काठमाडौंको चावहिलस्थित पशुपति कलेज नजिकै रहेको गाडीको रिकण्डिसन शोरुमबाट शुक्रबार राति १० बजे पक्राउ गरिएको सीआईबीले जनाएको छ । उप्रेती मिटरब्याजमा लगाएर ऋणीलाई ज्यान मार्ने धम्की दिने, बन्धक बनाउने, वैदेशिक रोजगारीमा पठाइदिने भन्दै महङ्गो पैसा असुल्ने लगायतको धन्दामा संग्लन भएको सीआईबी स्रोतले जनाएको छ ।

उप्रेतीमाथि अदालतबाट आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाइने सीआईबीका डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए । उप्रेतीले १ करोडको एक दिनको १ लाख रुपैयाँसम्म उठाउने गरी मिटरब्याजको धन्दा चलाउने गरेको बताइएको छ ।

सीआईबीका अनुसा। उप्रेतीबाट दुई जनाले गत चैतमा ४ करोड १९ लाख रुपैयाँ लिएका थिए तर ऋणीलाई धम्क्याएर उनले ८ करोड ३० लाखको चेक लिए । उप्रेतीले दोलखा मेलुङ घर भई भक्तपुर (ठिमी) बस्ने ४० वर्षीय प्रकाश कार्कीलाई २ करोड ६५ लाख रुपैयाँ ऋण दिएका थिए । त्यसबापत १ करोडको प्रतिमहिना १५ लाख ब्याज तोकेका थिए । तर, कार्कीलाई उनले राष्ट्र्रिय वाणिज्य बैंकको ४ करोड १६ लाख रुपैयाँको चेक काट्न लगाए ।

यसैगरी रामेछाप गोकुलगंगा घर भई कोटेश्वर बस्ने ६० वर्षका हेमराज गुभाजूलाई उप्रेतीले १ करोड ५४ लाख रुपैयाँ दिएका थिए । ऋण दिँदा महिनाको १ करोडको १५ लाख रुपैयाँ ब्याज तोकिएको थियो तर गुभाजूबाट चेक भने ४ करोड १४ लाखको लिए ।

उप्रेतीले यस प्रकारका ठगी धुप्रै गरेको र अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ । डीआईजी सिंहले उप्रेतीबाट अरू पनि पीडित भएको हुन सक्ने भन्दै उजुरी दिन आह्वान गरेका छन् ।

  • बैंकसँग पनि मिलेमतो

स्रोतका अनुसार रिकण्डिसन व्यवसाय समेत सञ्चालन गरिरहेका उप्रेतीले बैंकका कर्मचारी तथा सिइओसँगसम्म सेटिङ्ग गरेर सेवाग्राहीलाई ठग्ने गरेको पनि स्रोतले जनाएको छ । विभिन्न सवारीका साधनहरु बैंकबाट कर्जा मिलाएर किस्तामा मिलाइदिने तर किस्ता नदिएको भन्दै मिलेमतोमा विचमै तानेर लिलामी गरेर मोटो रकम अशुल्ने गरेको पनि स्रोतले जनाएको छ ।

पक्राउ परेका उप्रेतीसँग कामना सेवा विकास बैंकका चेकहरु बरामत भएको छ । स्रोतका अनुसार कामना सेवा विकास बैंकका कर्मचारीहरुसँग मिलेर कर्जा र लिलामी धन्दामा उनी संग्लन भएको रहेको आशंका गरिएको छ ।

त्यसैगरी ; नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) महाराजगञ्जले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी ५० वर्षीय शिशिर शम्शेर जबरालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१ कुपण्डोल ठेगाना भएका जबरालाई ब्यूरोको टोलीले सोमबार प्रहरीले पक्राउ गरेको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

उच्च अदालत पाटनको २०७७ पुस २६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ४५ लाख रुपियाँ जरिवाना ठहर भई फरार उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको बिजुलीबजारबाट पक्राउ गरेको हो ।

पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्याएर नविल बैंकमा जबराले आफ्नै नाममा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई ४५ लाख रुपियाँ बराबरको चेक काटी दिएको थिए ।

बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त कैद तथा जरिवाना ठहर गरेको थियो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

पक्राउ परेका जबराले ‘वडा नम्बर ६’, ‘क्लासिक’, ‘वीरविक्रम’, ‘कायरा’, ‘रामकहानी’ लगायतका नेपाल चलचित्रमा अभिनय गर्नुका साथै निर्देशन गरेका छन् । उनी चलचित्रका निर्माता पनि हुन् ।

विश्वराजले भन्दा बढी धिरजप्रताप सिंहले काठमाडौं प्रहरी परिसर देखी जिल्ला कमाण्ड सफलतापूर्वक गरेका छन् । अपराध महाशाखा काठमाडौं देखि मधेश प्रदेशको कमाण्डमा पनि उनी सफल मानिए । केन्द्रिय अनुसंधान ब्यूरो ( सिआईबी ) मा सफलता पाएकै हुन् ।

खड्ग ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा बिघटन गरी लोकतन्त्रको अपहरण गरेपछि शक्तिशाली भएका बदनाम प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई खुसी पार्न उनले लगाएका कानुन बिपरीतका कर्मसमेत गरेर एआइजीको दरबन्दी नै थपेर पोखरेल बढुवा भएका थिए ।

चोलेन्द्रशमशेर राणाले गरेका सेटिङका बारेमा समाचार बाहिर आउन थालेपछि सर्वोच्च अदालतका हालका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितका बरिष्ठ न्यायाधीश र समाचार लेख्ने पत्रकारको कलडिटेल समेत निकालिएको बिषयले आतंक नै फैलिएको थियो । त्यो कलडिटेल महानगरीय प्रहरी कार्यालयका प्रमुखकै सक्रियतामा चोलेन्द्रले प्राप्त गर्ने गरेका थिए । त्यही सहयोगको गुन तिर्न एआइजीको दरबन्दी थपेर पोखरेललाई बढुवा गरिएको थियो ।

ब्यक्तिको कलडिटेल निकाल्नु गोपनीयताको हकबिरुद्ध भएको आदेश सर्वोच्च अदालतले दिएको नजीर छ । तर त्यो नजीरलाई नजरअन्दाज गरी सर्वोच्च अदालतका कर्मचारी, न्यायाधीश र पत्रकार र बरिष्ट अधिवक्ताहरुको समेत कलडिटेल निकालेर चोलेन्द्रशमशेरलाई बुझाउने काम पोखरेलले गरेको आरोप लाग्ने गरेको छ । त्यतिमात्र होइन, एक मिडिया मालिकको सोल्टी होटलको भिडियो समेत चोलेन्द्रशमशेरलाई बुझाएर एआइजी बढुवाका लागि सरकारमाथि दबाब बढाउने काम पोखरेलले गरेको चर्चा प्रहरी बृत्तमा हुने गरेको छ ।

सरकारले कार्यक्षमताका आधारमा बढुवा गर्नसक्ने प्रहरी ऐनको ब्यवस्था छ । त्यही ब्यवस्थाअनुसार सरकारले सिंहलाई आइजीपीमा बढुवा गरेको छ । सरकारले कार्यक्षमतामा अब्बल जसलाई देख्छ उसलाई बढुवा गर्नसक्ने अधिकार ऐनले दिएकै छ । बरिष्ठतालाई मिचेर बढुवा गरियो, चेन अफ कमाण्ड बिग्य्रो भन्ने कुरा निस्किएको छ ।

डीआइजी र एआइजी बढुवामा जम्प गराउँदा चेन अफ कमाण्डको कुरा उठेको थिएन, तर आइजीपी बढुवा गर्दामात्रै यो कुरा उठाउने गरिएको छ । सँगै सेवा प्रवेश गरेका पोखरेलले कार्यक्षमताका आधारमा भन्दा पनि शक्तिकेन्द्र रिझाएर जम्प गरी बढुवा हुँदा बाँकी ४ जनामाथि त अन्याय भएको थियो । यो बिषयमा कतै चर्चा हुन सकेको थिएन । चेन अफ कमाण्ड पनि ब्यक्ति अनुसार फरक फरक ढंगले बिग्रने र असर पर्ने खालको हुन्छ ?

प्रहरीमा काम भन्दा पनि शक्तिकेन्द्रको चाकरी गर्ने र रकेट शैलीमा बढुवा हुँदैआएका पोखरेलको सपना एआइजीमा एक्लै बढुवा भई सहजै आइजीपी हुने थियो । तर डीआइजी र एआइजीमा शक्तिकेन्द्र रिझाएर बढुवा भएका उनलाई आइजीपीमा उनकै सहकर्मी धिरजप्रताप सिंहले माथ खुवाइदिएका छन् । नवराज सिलवालले आइजीपी नियुक्ति नभएपछि अदालतमा रिट दायर गर्दा पोखरेलले सरकारको निर्णय मान्नुपर्छ भन्ने अभिब्यक्ति दिएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh