काठमाडौं । सशस्त्र प्रहरी नवनियुक्त महानिरीक्षक अर्यालले आफ्नो कमाण्डमा नीतिगत सुधार अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवम् पूर्वानुमान योग्य बनाउन र पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गरिने बताएका छन् ।

आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उनले हाल भएका कार्यविधिहरु र विभिन्न नयाँ कार्यविधिहरु निर्माण गरी व्यक्तिले नभई नीतिले संगठन चलाउने पद्धतिको सुरुवात गरिने प्रतिबद्धता जनाए ।
उनले संस्थागत सुधार अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको कमाण्ड, आचरण पालना, अनुगमन मूल्यांकन, पुरस्कार तथा दण्ड, भ्रष्टाचार एवं लैङ्गिक हिंसा लगायतका विषयहरुलाई नीति, नियम र कार्यविधिद्वारा नियमन गर्ने बताए । उनले आर्थिक पारदर्शीतालाई आफ्नो पहिलो प्राथमिकता बनाएर राजश्व संकलनमा अभिवृद्धि र चोरी, तस्करी नियन्त्रणको कामलाई प्रभावकारी बनाउने जनाए ।
‘सशस्त्र प्रहरी बल नेपालको सांगठनिक सुदृढीकरण र विकासका लागि मेरो कमाण्ड अवधारणाअनुरुप नीतिगत, संस्थागत र संरचनागत विषयहरुमा रणनीतिक योजना र कार्ययोजनाको खाका तयार पारेको छु । यसको कार्यान्वयको दौरान गुहमन्त्रालयबाट आवश्यक सुझाव, निर्देशन, सहयोग एवं समन्वयको अपेक्षा राख्दछु । नीतिगत सुधार अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवं पूर्वानुमान योग्य बनाउन र पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गरिनेछ । हाल भएका कार्यविधिहरु र विभिन्न नयाँ कार्यविधिहरु निर्माण गरी व्यक्तिले नभइ नीतिले संगठन चलाउने पद्धतिको शुरुवात गरिनेछ । संस्थागत सुधार अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको कमाण्ड, आचरण पालना, अनुगमन मूल्यांकन, पुरस्कार तथा दण्ड, भ्रष्टाचार एवं लैङ्गिक हिंसा लगायतका विषयहरुलाई नीति, नियम र कार्यविधिद्वारा नियमन गर्नेछु । संगठनको इन्स्टीट्युसनल मेमरीलाई प्रविधियुक्त बनाइने र बिदा प्रणालीलाई डिजिटलाइज सिस्टममा लगिनेछ । आर्थिक पारदर्शीता, मेरो प्राथमिकता रहेको छ,’ अर्यालले भने ।
‘राजीव संकलनमा अभिवृद्धि र चोरी तस्करी डेटालाई प्रभावकारी बनाउनु प्रमुख उद्देश्य हुनेछ । वर्क लाइक क्लाइरी एण्ड ब्यालेन्स अन्तर्गत विद्यालयको शैक्षिक क्यालेण्डर अनुरुप जुनियर अधिकृत तथा अन्य दर्जाका कर्मचारीहरुको सरुवा साथै स्टाफ कलेज लगायत अनविार्य तालिममा सहभागी हुनेहरुको वार्षिक सूचि प्रकाशित गर्ने र प्रत्येक वर्ष सरुवा हुनसक्ने कर्मचारीको ट्रान्सफर फरकास्ट प्रकाशित गर्ने योजना रहेको छ । यस प्रणालीको शुरुवातसँगै सरुवामा आउने गरेको अनावश्यक दबावको समेत अन्त्य हुने विश्वास लिएको छु । गस्ती र सीमा सुरक्षा सुदृढ पार्न सीमा विकास कार्यक्रम अन्तर्गत सीमा निगरानी बहुउद्देशीय सडक निर्माण गर्नुपर्छ भन्ने कन्सेप्टलाई मन्त्रालयमार्फत नेपाल सरकारसँग यसै अवसरमा जाहेर गर्न चाहन्छु । सीमा सुरक्षा सम्बन्धी घटना तथा जानकारी समयमै प्रतिवेदन गर्न र कार्यान्वयनमा लैजान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा २४ सै घण्टा रहनेगरि सीमा सुरक्षा डेस्क छुट्टै स्थापना गरिनेछ,’ उनले भने ।
महानिरीक्षक अर्यालले प्रत्येक वर्ष सरुवा हुनसक्ने कर्मचारीको ट्रान्सफर फरकास्ट प्रकाशित गर्ने र सरुवामा आउने गरेका अनावश्यक दबावलाई अन्त्य गर्ने बताए । उनले गस्ती र सीमा सुरक्षा सुदृढ पार्न सीमा विकास कार्यक्रम अन्तर्गत सीमा निगरानी बहुउद्देशीय सडक निर्माण गर्नुपर्नेमा मन्त्रालयको ध्यानाकर्षण गराए ।
अर्यालले सीमा सुरक्षा सम्बन्धी घटना तथा जानकारी समयमै प्रतिवेदन गर्न र कार्यान्वयनमा लैजान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा २४ सै घण्टा रहनेगरी सीमा सुरक्षा डेस्क छुट्टै स्थापना गरिने पनि जानकारी दिए ।
महानिरीक्षक अर्यालले आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, मर्यादित तथा विश्वसनीय ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बलले काम सुरु गरिसकेको बताएका छन् ।
उनले अहिलेको प्राथमिकता भनेकै स्थानीय तहको निर्वाचन भएकोले निर्वाचनको सुरक्षा र निष्पक्षताका लागि सशस्त्र प्रहरी बल तयार रहेको बताए । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निकट भविष्यमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समेत आवश्यक तयारीहरु गर्दै निर्वाचनको सुरक्षा जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल तयार रहेको धारणा राखे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !