Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तीन छलाङ मारेका विश्वराजको अन्तिम खुड्किलोमा किन लाग्यो ब्रेक ?

तीन छलाङ मारेका विश्वराजको अन्तिम खुड्किलोमा किन लाग्यो ब्रेक ?

काठमाडौं । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले एसएसपीबाट एआइजीसम्मको बढुवामा ठूलै छलाङ मार्न सकेका थिए । उनले एआइजी बढुवा हुँदा दरबन्दी नै सृजना गरी बाजी मार्न सकेका थिए ।

शैलेश थापा क्षेत्री आइजीपीमा बढुवा हुँदा विश्वराज पोखरेल पनि प्रतिष्पर्धी देखिइसकेका थिए । तर, अघिल्लो ब्याचीलाई रोकेर पोखरेललाई बनाउने विषयमा तत्कालीन सरकार तयार भएन । तर, सुशील भण्डारीको दुर्घटनामा निधन भई रिक्त डिआइजी पदमा बढुवा हुँदा उनले दुई ब्याचलाई उछिन्न सकेका थिए । ठाकुर ज्ञवाली र शैलेश थापाको ब्याची कतिपय एसएसपीहरुलाई उछिनेर पोखरेल डिआइजीमा बढुवा भए ।

डिआइजी बढुवा ६ महिनासम्म रोकियो । त्यतिबेला तत्कालीन आइजीपी सर्वेन्द्र खनालका ब्याची थिए वीरेन्द्र श्रेष्ठ । उनलाई समेत एसएसपीमै घर जानुपरेको थियो । त्यसपछि बढाइएको बढुवा प्रक्रियामा पोखरेलले छलाङ मारेका थिए ।

शैलेश थापा आइजीपीमा बढुवा भएपछि तीन एआइजीको दरबन्दीमा हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीको बढुवा भयो ।

त्यसबेला पनि पोखरेलले बढुवाको प्रयास गरेका थिए । तर, आइजीपी शैलेश थापा क्षेत्रीले कार्कीका लागि अडान लिंदा पोखरेल रोक्किए ।

बढुवामा नपरेका पोखरेलले एआइजीको दरबन्दी सृजना गराउने सफलता हासिल गरे । त्यतिबेला उनले आइजीपी थापाका ब्याची डिआइजीहरुलाई उछिनेर छलाङ मारे । आफूभन्दा जुनियर ब्याचका एआइजीलाई सलाम ठोक्ने अवस्थामा पुगे डिआइजीहरु । पोखरेल आइजीपीको निश्चित दाबेदार देखिए । एकपछि अर्को छलाङ मार्दै पोखरेल एआइजी बने । तर, उनलाई फेरि नयाँ चुनौती बन्यो ।

तत्कालीन केपी शर्मा ओली सरकारले सहकुल थापालाई एआइजीमा दरबन्दी सृजना गरी बढुवा गर्यो । थापालाई पोखरेलको मुख्य प्रतिष्पर्धी बनायो । त्यसपछि दुईमध्ये एक आइजीपी बन्ने अनुमान गरियो ।

तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि २०७८ चैत्रमा एआइजीको तीन दरबन्दी सृजना गरी धीरजप्रताप सिंह, रवीन्द्र धानुक र वसन्त पन्तको बढुवा भयो । पन्त आइजीपी शैलेश थापाका ब्याची भएकाले १९ वैशाखमा सेवानिवृत्त हुने नै थिए । सिंह र धानुक आइजीपीका प्रतिष्पर्धी बने ।

नेपाल प्रहरीको सबैभन्दा उपल्लो पदमा पुग्ने बेलामा भने पोखरेलमाथि एकपछि अर्को चुनौती थपियो । उनका लागि वरियतामा दोस्रो एआइजी सहकुल थापाभन्दा तेस्रो वरियताका धीरजप्रताप सिंहको चुनौती बढेको थियो । सिंह इन्स्पेक्टर हुँदा पहिलो नम्बरमा, डिएसपी र एसपी हुँदा पहिलो नम्बरमा थिए । अघिल्लो सरकारको पालामा पोखरेलले एकपछि अर्को छलाङ मारेका थिए । यही बुझेका प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरेललाई बढुवा गर्न चाहेनन् ।

सिंहको विगतका मूल्यांकनहरु सकारात्मक थिए । एसपीसँग नम्बर एक नै रहेको र त्यसपछि बढुवामै रोकिएको घटनाहरु थिए । सीआइबीको कमाण्ड सम्हाल्दा उनले देउवाको मन जितेका थिए । यसकारण देउवा धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयमा पुगे । छलाङ मार्दै दुई ब्याचलाई उछिनेर एआइजी बनेका विश्वराज पोखरेलको खुड्किलोमा ब्रेक लाग्यो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh