सुभाष सरहान यादव
भगवानपुर । भगवानपुर गाउँ पालिका वडा न:३ मा नेकपा एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार बिनोद यादव मतदाताको समर्थन र मतदाताको आर्शिवाद थपिदै गएको र विपक्ष पार्टी को जन्ता कार्यकर्ता को पनि समर्थन बढदै गएको बताएको छ।
आफ्नो वडालाई सम्बृद्ध बनाउनका लागि कुनै कसर बाँकी नराखिने बताए । उनले शिक्षा आफ्नो प्राथमिकता रहेको पनि बताए । आफु शिक्षाप्रेमी भएका कारणले शिक्षालाई प्राथमिकता दिने बताए ।उनले जन्ता को लागि दिन रात समेत आफू ततपर रहने बताए। अघिल्लो निर्वाचनमा विजयी भएका जनप्रतिनिधिले कुनै पनि काम नगरेको उनको भनाइ छ ।
बेचन यादव नेतृत्वको जनप्रतिनिधिको टिमले पाँच वर्षको अवधिमा वडाको समस्या समाधान गर्नै नसकेको बताए । बेचन यादव व्यक्तिवादी रुपमा हावी भएका कारण आफ्नो वडाको पहिचान नै नगरेर पाँच वर्षीय कार्यकाल विताएको बताए ।
शिक्षा र स्वास्थ को समस्या अझैपनि उस्तै रहेको भन्दै त्यसलाई पूर्णता दिने पनि उनको भनाइ छ । वडाबासीको समस्या समाधानका लागि वडाबासी लाई नै परिचालन गरिने पनि उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !