Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

निर्वाचन विशेष : ऋण लिन आफ्नै नाममा जग्गा हुनुपर्ने नियमले उद्यम गर्न चाहने युवा हतोत्साही

निर्वाचन विशेष : ऋण लिन आफ्नै नाममा जग्गा हुनुपर्ने नियमले उद्यम गर्न चाहने युवा हतोत्साही

काठमाडौँ । गाउँका अरु युवा झैं काम र दामको खोजीमा रामपुरका युवा भुपिन्द्र श्रेष्ठ विदेश गए र झण्डै १३ वर्ष पराइ भूमिमा बिताए । वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका उनी यतिबेला भने छुट्टिमा गाउँमा बस्छन् ।
उनलाई विदेशी भूमिमा काम गर्ने रहर त छैन तर, देशमै बसेर गर्ने उद्यम पनि उनलाई सुझेको छैन । घरव्यवहार चलाउन र छोराछोरीको पठनपाठनका लागि खर्च जुटाउन उनी विदेशिन बाध्य भए । एक दशकभन्दा बढीे परदेशको अनुभव बटुलेका उनलाई आफ्नै परिवारसँग बसेर स्वदेशमै व्यवसाय गर्ने धोको छ ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु घरदैलो गर्न थालेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका आधारभूत आवश्यकता जोहो गर्ने योजनाका साथसाथै उनीहरुले युवा, ज्येष्ठ नागरिक, बालबालिका र महिलाका लागि पनि विभिन्न कल्याणकारी र आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिरहेका छन् ।

देश र समाजका लागि सेवा गर्ने भावना भएर पनि काम गर्ने वातावरण नहुँदा युवा जमात विदेशिन परिरहेको छ । अब जनताबाट चुनिएर जाने जनप्रतिनिधिले युवा जमातका लागि उद्यमशीलता प्रवद्र्धन कार्यक्रममार्फत गाउँमै स्वरोजगारको ढोका खोलिदिनुपर्ने श्रेष्ठ बताउछन् ।

उनी भन्छन् – “निर्वाचनका बेला मत माग्ने निहुँमा आकर्षक योजना लिएर उम्मेदवारहरु घर घरमा आउँछन्, जितेर गएपछि बिर्सन्छन् । कमसेकम खाडीमा जान बाध्य हामीजस्ता युवालाई गाउँमै बस्ने वातावरण बनाइदिए विदेशिन पर्ने थिएनन् नि ।”

वैदेशिक रोजगारका लागि राहदानी बनाउने युवाको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । उनले थपे – “चुनावै पिच्छे नेताले युवालाई गाउँमै रोजगारी दिन्छौं भनेर भाषण दिन्छन्, सत्तामा पुगेपछि बोले अनुसार काम गरेको पाइँदैन । रोजगारीका लागि विदेश जानै पर्ने अवस्था छ । गाउँमै रोजगारीका यथेष्ट अवसर भइदिए विदेशिने छैनन् । स्थानीय सरकारले अब युवामुखी कार्यक्रमलाई पहिलो प्राथमिकता दिनुपर्नेछ ।”
गएको पाँच वर्षको अवधिमा स्थानीय सरकारले सोचे अनुसार युवाका लागि काम गर्न नसकेको असन्तुष्टि यहाँका युवामा छ । केही गर्छु भन्ने जोश भएका युवालाई व्यापार वा व्यवसाय गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिए विदेश पलायन हुने स्थिति नआउने उनको भनाइ छ । अब चुनिएर आउने नेताले जनमतको कदर गर्दै राहदानी बनाउन लामबद्ध युवालाई खाडीमा जानबाट रोक्न गाउँमै रोजगारको आधार खडा गरिदिनुपर्नेमा युवा जमातको जोड छ ।

विकास निर्माणका काममा पारदर्शिता कायम गर्न चुस्त अनुगमन र निरन्तर खबरदारी हुनुपर्ने उनीहरु बताउँछन् । विगतमा व्यावसायिक दक्षता र संभावनालाई हेरेर भन्दा व्यक्ति हेरेर सहयोग गर्ने प्रवृत्ति स्थानीय तहमा हाबी भएको स्थानीय युवा कमल पाण्डे गुनासो गर्छन् । विदेशबाट फर्केर गाउँमै केही गरौँ भन्ने अठोट बोकेर केही युवाले पछिल्लो समय गाउँमै विभिन्न उद्योग, व्यापार र व्यवसाय सञ्चालनमा ल्याएका छन् । । ती युवालाई व्यवसाय वर्गीकरणका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिनुपर्ने पाण्डेको माग छ ।

रामपुर नगरपालिकाले कृषि र पशुपालनका साथै अन्य उद्यम र पेशा व्यवसायमा आबद्ध युवालाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने आम धारणा छ ।
“व्यवसाय गर्छु भन्नेका लागि स्थानीय सरकारले सहुलियत रुपमा लगानी गरिदिनुप¥यो, सबैले एकै खालको व्यवसाय गरेर मात्रै पनि हुँदैन, ठाउँ र युवाको रुची अनुसारको व्यवसाय गर्ने युवालाई लगानीमा केही सहुलियत भइदिए गाउँमै युवाले उद्यम गर्नेछन्,” उनले भने ।
स्थानीय सरकारले ल्याएका युवा लक्ष्यित कार्यक्रममा पहुँचवालाकै बोलवाला बढी हुने गरेको गुनासो सुन्न पाइन्छ । कतिपय पालिकाले ल्याएको युवा स्वरोजगार कार्यक्रममा ऋणका लागि अनिवार्य धितो राख्नुपर्ने व्यवस्थाले युवालाई हतोत्साही बनाएको छ ।

जग्गाधनी प्रमाणपत्र धितो राखेर मात्रै सहुलियतमा ऋण पाउने व्यवस्थाले यसप्रति युवाको आकर्षण घटेको बताउछन्, मेघराज न्यौपाने । उनी पनि करिव तीन वर्ष विदेश बसेर स्वदेश फर्किएको हो । अहिले जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् ।
उनी भन्छन् – “रामपुर नगरपालिकाले ल्याएको युवा स्वरोजगार कार्यक्रम अत्यन्तै राम्रो छ तर, सो कार्यक्रममा सहभागी हुन जग्गाधनी प्रमाणपत्र आफ्नो नाममा चाहिंदो रहेछ । आफ्नो नाममा केही छैन, यसले अप्ठ्यारो पारेको छ । जग्गा नभएकाहरु पनि यो कार्यक्रममा सहभागी हुनसक्ने व्यवस्था अब चुनिएर आउने जनप्रतिनिधिले गर्नुपर्छ ।”
गाउँघरमा उपलब्ध स्रोत र साधनको सही उपयोग हुन सकिरहेको छैन । स्थानीय स्रोत र साधन उपयोग गरी उद्योग चलाउन चाहने युवालाई सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिनुपर्छ । ऋण प्रक्रिया झण्झटपूर्ण हुनुहुन्न । गाउँघरका युवालाई उद्यमशील र स्वावलम्बी बनाउने योजनाको खाँचो रहेको युवा ओमप्रकाश रेग्मी बताउछन् ।

एक अनौपचारिक अध्ययन अनुसार नेपालमा वर्षेनी छ देखि सात लाख युवा विदेश जान्छन् । आफ्नो देशमा राम्रो काम नपाएर अथवा मेहनत अनुसार पारिश्रमिक नभएर युवा वैदेशिक रोजगारतर्फ आकर्षित हुँदै गएका छन । वैदेशिक रोजगारीमा गएपनि कतिपय युवा सन्तुष्ट छैनन्, परिवारसँगै बसेर स्वदेशमै केही गर्न पाए हुन्थ्यो भन्ने आकांक्षा राख्छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh