काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले भेटवार्ता गरेका छन् । नेपालमा रहेका ब्रुक्सले आज बिहान प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले अमेरिकाको निरन्तर सहयोगका लागि धन्यवाद दिएका थिए । भेटवार्तामा एमसिसीअन्तर्गतका परियोजना समयमै सम्पन्न गर्नेबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ब्रुक्सले आज बिहान नै परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग पनि भेटवार्ता गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !