काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका बागी उम्मेद्वारलाई उम्मेद्वारी फिर्ता लिन चेतावनी दिएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएका हुन् ।

निर्वाचन आयोगले आज विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन फिर्ता लिन सकिने बताएको छ । उक्त समय भित्र उम्मेद्वारी फिर्ता नलिने बागी उम्मेद्वारलाई पार्टीबाट निष्कासन गर्ने विज्ञप्तीमा उल्लेख छ ।साथै बागी उम्मेद्वारका प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित गरिने पौडेलले बताए ।
‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित( को धारा ४ (१३) ग बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !