काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको मेयरको टिकट नपाएपछि नेकपा एकीकृत समाजवादीका मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पार्टी छाडेका छन् ।
पोखरेल हेटौंडा उपमहानगरपालिकाको मेयरको आकांक्षी थिए । एकीकृत समाजवादीको भागमा परेको हेटौंडाको मेयरको उम्मेदवार मिनाकुमारी लामालाई बनाइएको छ ।

गठबन्धनका नाममा नेपालमा कम्युनिष्ट पार्टी सिध्याउने खेल भइरहेको आरोप लगाउँदै अध्यक्ष पोखरेलसहित तीन सचिवालय सदस्यले पार्टी छाडेका हुन् । नेकपा एमालेबाट आठ महिनाअघि भएको विद्रोह केही अवसरवादीको पद पाउने आकांक्षा मात्रै रहेकोसमेत उनीहरुले बताएका छन् ।
उनले राजीनमा दिएपछि पत्रकार सम्मेलनमा भने, ‘गठबन्धनका नाममा नेपालमा कम्युनिष्ट पार्टी सिध्याउन खेल भइरहेको छ । आठ महिनाअघिको विद्रोह केही व्यक्तिको पद प्राप्तिको चरम इच्छा मात्रे रहेछ भन्ने अहिले थाहा भयो ।’

















