सप्तरी । सशस्त्र प्रहरी बल मधेस प्रदेशको टाेलीले तस्करीको विभिन्न सामानहरू बरामद गरेको छ।

डीआईजी गणेश ठाडा मगरका अनुसार १३ गते बिहान ३ बजे सप्तरीको राजगढ गाउँ पालिका २ कमलपुरमा बाहिनीबाट खटिएका माेहमद ईमाम मियाँ ठकुराइकाे कमाण्डमा खटिएको स्क्वार्ड टाेलीले भारतीय नम्बर प्लेटकाे क्वालिंस गाडी र अनटेष्ट लेखेकाे एपाच्ये माेटरसाइकलबाट भारत तर्फ तस्करी गर्न लागिएको दुई लाख पचास हजार बराबरको सय कार्टुन मामाश्री मदिरा सहित पक्राउ गरी सवारीसाधन सहित आवश्यक कार्वाहीकाे लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ।
उक्त मदिरा सहित पक्राउ पर्नेमा भारत मधुवनीका पप्पु यादव छन ।उनलाई पनि नेपाल प्रहरीको जिम्मा लगाइएको छ। पक्राउ गर्ने क्रममा सशस्त्रको ६ नम्बर गणबाट सप्रनि मेघराज राउत र बिअओपी बनैनियाबाट सप्रनि दीपक राज बस्नेतकाे सहयोगमा उक्त मदिरा र गाडी पक्राउ परेको थियो
त्यसैगरी पर्साकाे बसपार्कमा सशस्त्र प्रहरीले १ लाख ५९ बराबरको तस्करीको कपडा बरामद गरेको डिआइजी मगरले जानकारी दिएका छन् ।
बाहिनीबाट खटिएको सप्रह बशिष्ट पटेलकाे कमाण्डमा गएको टाेलीले बिओपीकाे स्थानीय सई कमलेश राज पुरीकाे सहयोगमा उक्त कपडा बरामद गरेर भन्सार बझाएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !