काठमाडौं । चुनाव नजिकिंदै जाँदा गत चैत महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्यामा वृद्धि भएको छ । फागुनमा भन्दा चैतमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या २ हजारले घटेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । चैतमा दैनिक औसत १ सय ८५० जना श्रमिक विदेश गएका छन् ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट घट्न सुरु गरेको थियो ।
बितेको चैत महिनामा बाहिरिएका साढे ५५ हजारमध्ये २७ हजार १५६ जनाले नयाँ श्रम स्वीकति लिएका थिए भने अन्यले श्रम स्वीकृति नवीकरण गरेका थिए ।
फागुन महिनामा ५३ हजार ४५७ जना विदेश जान श्रम स्वीकृति पाएका थिए । माघ महिनामा यस्तो संख्या ५४ हजार ४७० जना थियो ।
गत पुस महिनामा दैनिक औसत वैदेशिक रोजगारीमा जानेको संख्या करिब २ हजार र मंसिरमा २ हजार ५ सय थियो । पुस महिनामा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए भने मंसिर महिनामा ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेश पुगेका थिए ।
वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या नियमित गतिमा फर्किएको छ ।
अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् । चैत महिनादेखि मलेसियाबाट पनि माग आउन थालेकाले अब विदेसिने नेपालीको संख्या केही बढेको हो ।
विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । तर, जेठमा विदेशिने नेपालीको संख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । असारमा २० हजार ६५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए ।
विभागका अनुसार साउनमा २५ हजार ४२८ जना, भदौमा ३६ हजार ४० जना, असोजमा ३९ हजार ६७१ जना र कात्तिक महिनामा ५४ हजार ९१८ जना नेपाली कामका लागि विदेश उडेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !