काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले शुरु गरेको साउदी अरेबियाको रियादमा उडानसँग असम्बन्धित व्यक्तिहरुको जम्बो टोलीलाई साउदी लगेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेका छन् ।

पर्यटन मन्त्री आलेको सचिवालयका अनुसार यो टोलीमा नेपाल वायुसेवा निगमको उडानसँग असम्बन्धित धेरै व्यक्तिहरुलाई निगमका अध्यक्ष युवराज अधिकारीले साउदी अरेबिया लगेपछि स्पष्टीकरण सोधिएको हो ।
‘हामीले निगमको उडानका लागि चाहिने व्यक्तिलाई मात्रै लैजानुस् भनेका थियौं,’ सचिवालयका एक अधिकारीले भने, ‘तर, असम्बन्धित व्यक्तिहरुको जम्बो टोली लगेपछि स्पष्टीकरण सोधेका छौं ।’गत शुक्रबार काठमाडौंबाट रियाद उडेको पहिलो उडानमा दुई दर्जन व्यक्तिलाई निगमले सित्तैमा रियाद उडाएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !