ललितपुर । ललितपुर महानगरमा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

मंगलबार आयोगमा ज्ञानबहादुर खत्रीले उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी दर्ता गरेका हुन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा शाक्यको नाम समानुपातिकतर्फको बन्द सुचिमा रहेको र उक्त नाम आयोगको बन्द सूचीबाट नहटाई महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको भन्दै उजुरी दर्ता गरेकाे बताएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !